अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

नेपाली सांझ फ्लोरिडामा विभिन्न व्यक्तिहरू सम्मानित

बिआरटीनेपाल २०७३ पुष ३ गते २२:४४ मा प्रकाशित

गत शुक्रवार अमेरिकाको फ्लोरिडा स्थित मायामी सहरमा भव्य रूपमा आयोजना भएको नेपाली सांझ  फ्लोरिडामा नेपाली कला साहित्य सिनेमा र समजसेवामा महतोपूर्ण भूमिका निर्वाह गर्नु भएका विभिन्न व्यक्तिहरूलाई सम्मानित गरिएको छ । fl4

एभरेष्ट कलायात्रा फिल्म्स र नेप्लिज एसोसिएसन अफ फ्लोरिडा (मियामी च्याप्टर) द्वारा आयोजित उक्त कार्यक्रम्मा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल र नायिका निशा शर्मा विशेष सम्मानद्वारा सम्मनित हुनु भएको छ भने सिने पत्रकार विधन कार्की यस वर्षको एभरेष्ट कला यात्रा सिने पत्रकारिता पुरुस्कारबाट पुरस्कृत भएका छन् ।

साथै उक्त कार्यक्रममा कोलोराडोका संचारकर्मी शैलेश पोखरेल्, चलचित्र निर्मता रायन कार्की, कलाकार नवराज श्रेष्ठ, राम शरन थापा, डा. चुडामणी खनाल, नवराज सापकोटा लगायत विभिन्न व्यक्तिहरू सम्मानित हुनु भएको छ । फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटीमा आयोजना भएको कार्यक्रममा वरिष्ठ रंगकर्मी सुनिल पोखरेलले आफ्नो नाटक समेत मन्चन गरेका थिए । उक्त कार्यक्रममा २५ जनालाई सम्मान २ जना विशेष सम्मान र १ जनालाई पत्रकारिता पुरस्कार वितरण गरिएको थियो । fl3

fl6

fl5

shailesh-ceri

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू