अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

प्रतिभाशाली व्यक्ति जोगाउन, दान गर्नुहोस्—महावीर पुन

बिआरटीनेपाल २०७३ पुष ३ गते १०:२७ मा प्रकाशित

न्यु योर्क, १८ डिसेम्बर । हिजो न्यूयोर्कमा भएको एक कार्यक्रममा रोमन म्याग्सेसे पुरस्कार प्राप्त गरेका महावीर पुनले गरिब देशमा प्रतिभाशाली व्यक्ति जन्मिदैं जन्मिदैंन भन्नु मुर्खता भएको उल्लेख गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रको महत्वबारे न्युयोर्कवासी माझ शनिवार आफ्नो धारणा राख्ने क्रममा उनले भने, “ ती देशहरूमा पनि प्रतिभाशाली व्यक्ति हुन्छन् तर उनीहरूलाई जोगाएर राख्नुसक्नुपर्छ ।” img_3076

गैर आवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स, टेक्नोलोजी एन्ड एकोनोमिक पोलिसी कमिटीको आयोजना र नेपाल अमेरिकी पत्रकार सङ्घ(नेजा) को समन्वयमा आयोजित उक्त कार्यक्रममा पुनले आविष्कार केन्द्रको दिगो व्यवस्थापनको लागि कम्तीमा पनि १० मेगावाटको हाइड्रोपावर बनाउन सके त्यसबाट वार्षिक २० देखि २५ करोड रुपैंया आम्दानी हुने र यसबाट केन्द्र सञ्चालन गर्न सहयोग पुग्ने दाबी गरे ।

img_3077

“म अब करिब १ वर्ष संसारभरिका नेपालीहरुमाझ देश विकासका लागि र भावी सन्ततीका लागि दान गर्न आह्वान गर्दछु,” पुनले भने ।

सन् २०१२ देखि काठमाडौँको लाजिम्पाटमा केन्द्रले आफ्नो काम थालिसकेको जनाउंदै पुनले अब यस कार्यमा जनता नै अघि बढे देश सम्मुनत बाटोमा हिँड्ने उल्लेख गरे ।

mahabir-1

mahabir-2

mahabir

प्रतिक्रिया