नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान कार्यान्वयन नभएकोमा चिन्ता ब्यक्त गरेका छन् । आईतवार गृहजिल्ला गोरखाको सदरमुकाम पुगेका भट्टराईले संविधान जारी भएको १६ महिना बिते पनि कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।
नयाँ शक्ति विद्यार्थी युनियनले गोरखा क्याम्पसमा ‘विद्यार्थीसँग डा. बाबुराम भट्टराई’ शीर्षकको अन्तरकृयाका लागि हिलेपोखरी पुगेका भट्टराईले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा जानुपर्ने बताए ।
उनले भनें, “विकास र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ”,
भट्टराई संविधान संशोधन गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । आफ मधेसी, थारु, आदिवासी जनजाति, महिला र दलितका अधिकार अपूर्ण रहेको जनाउँदै संविधान संशोधन गरी कार्यान्वयनमा सबै जुट्नुपर्ने पनि बताए ।
भट्टराईले नेपालप्रति जिम्मेवार भएर सबै जाति, समुदायलाई अधिकार सम्पन्न बनाउँदै दिगो विकास गर्नेतर्फ जुट्न सबैलाई आग्रह गर्दै भनें , “मधेसवादी शक्तिलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन गरी कार्यान्वयनमा जाऔं ।”
मध्यान्न १२ बजे सम्म गोरखा क्याम्पसमा चलेको सो अन्तरकृयामा भट्टराईले गोरखा क्याम्पसमा पुस्तकालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि भट्टराईले व्यक्त गरेका छन् ।