अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

‘प्रथम साहित्यिक मैत्रीपूर्ण बास्केटबल खेल’ शुक्रवार

बिआरटीनेपाल २०७३ पुष २ गते ०:२६ मा प्रकाशित

काठमाडौँ, पुस २ गते । ‘संसाक’ पाक्षिक पत्रिकाको आयोजनामा यही पुस ८ गते ‘प्रथम साहित्यिक मैत्रीपूर्ण बास्केटबल खेल’ हुने भएको छ ।

एक टोलीमा पाँच जना मुख्य र चार जना अतिरिक्त खेलाडी रहने सो खेल ४०–४० मिनेटको हुने र १०–१० मिनेटपछि विश्राम समय हुने छ । खेलमा कुल चार टोली रहने छन् । दुई दुई टोलीबीच खेल सकिएपछि विजेता टोलीबीच अन्तिम खेल हुने छ ।

अपराह्न स्थानीय लुनार इङलिस बोर्डिङ स्कुल गोंगबुँमा हुने साहित्यिक मैत्रीपूर्ण खेलकुद मूल समारोह समितिका संयोजकमा पूर्व सहायकरथी तेजप्रकाश बानियाँ र कार्यक्रम संयोजकमा पत्रिकाका सम्पादक तथा प्रकाशक उमेश पाण्डे रहनुभएको छ ।

यसअघि पत्रिकाले गत असार ४ गते यहाँ ‘प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल’ कार्यक्रम सम्पन्न गरेको थियो । साहित्यकारबीच मैत्रीपूर्ण सम्बन्ध र भाइचारा विस्तारका लागि कार्यक्रम आयोजना गर्न लागिएको संयोजक पाण्डेले बताउनुभयो । रासस

प्रतिक्रिया