अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

एएनए अगाडी बढदै: कार्यकारिणी समितिमा रिक्त पद पुरा

बिआरटीनेपाल २०७३ मंसिर ३० गते २२:३४ मा प्रकाशित

उत्तरी अमेरिका तथा क्यानडा मा नेपालीहरूलाई समेटेर १९८३ मा स्थापना गरिएको पहिलो राष्ट्रिय संस्था,एएनए जसको काखमा अरू धेरै संस्थाहरू हुर्किए। यसले अमेरिका तथा क्यानडा दुवै मुलुकमा नेपालीहरूको प्रतिनिधित्व गर्दछ। त्यस्तो मातृत्व प्रदान गर्ने संस्ठा एएनएको हालै बसेको बैठकले रिक्त रहेको पद् मा मनोनयन गरेको जानकारी ए.एन.ए.अध्यक्ष डा. शम्भु ढुंगानाले बिआरटी नेपाललाई गराउनु भयो।

मनोनयन हुनेहरूमा कार्यकारिणी समितिमा रिक्त रहेको बोर्ड अफ ड़ाइरेक्टर पदमा टेक्ससकी यमुना भट्टराई, त्यसै गरी रिक्त दुई सल्लाहकारमा टोरन्टो, क्यानडाका डा. तुलसी धरेल तथा एटलान्टा, अमेरिकाका सी. के. पराजुलीलाई सर्वसम्मत मनोनयन गरेको हो ।

प्रतिक्रिया