अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

माइलाको देहावसान-डा.किशोर सापकोटा

बिआरटीनेपाल २०७३ मंसिर ३० गते ५:५५ मा प्रकाशित

कि बच्चा कि आमा
डाक्टरले एउटा मात्र बचाउन सक्थे ।
माइलाकी आमाले बच्चा रोजी ।

आमा माइलो जन्मदा स्वर्गवास
बाबु त त्यो भन्दा पहील्यै ।
सरकार देखी दरवार सम्म ,
NGO  देखी INGO  सम्म ,
माइलोको नाममा पैसा उठाएर
दर्जनौ मोटा भए ।

कहीले झौरी खेतमा बास
कहीले स्याल्टारीमा बास
वाल गृह देखी सडक पेटी सम्म चाहार्यो
उसैलाइ थाहा छैन उ कसरी माइलो भयो ।

घर वाडीले डुवायो ,
माइलो परलोक गयो ,
खाने पानीको अभावमा ।

जीन्दगी भरी एक्लो माइलो ,
परलोक हुदा
घर देखी घाट सम्म मलामीको लर्को ।

जवानीमा माला त परै जाओस
एक थुङगा फुल समेत कसैले दिएनन् ।
माइलो परलोक हुदा
फुलको रासले उसको सव छोपियो ।

माइलो खरानी बनेर हावामा विलायो
कोही भन्छन माइलो स्वर्ग जान्छ
कोही भन्छन माइलो नर्क जान्छ ।

प्रतिक्रिया