अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

आविष्कार केन्द्र: देशको उन्नतिमा प्रयोग—महावीर पुन

बिआरटीनेपाल २०७३ मंसिर २९ गते ११:१८ मा प्रकाशित

सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेका र रोमन म्याग्सेसे जस्तो प्रतिष्ठित पुरस्कार प्राप्त गरेका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको महत्वबारे अमेरिकावासी नेपालीहरू माझ अनौपचारिक र औपचारिक छलफलमा निस्किएका छन् ।

सन् २०१२ देखि काठमाडौँको लाजिम्पाटमा केन्द«ले आफ्नो काम थालिसकेकोमा यसलाई थप प्रभावकारी रूपमा अघि बढाउन सबै नेपालीको सहयोगको आवश्यक्ता रहेको जनाउंदै उनले सहयोगको लागि पनि आह्वान गरे ।

“यो केन्द्रले नेपालमै रहेका प्रतिभाशाली व्यक्तिहरूलाई देशमै राखेर उनीहरूको क्षमता अभिवृद्धि गराउंदै देशको उन्नतिमा प्रयोग गर्ने सोच लिएको छ,” पुनले भने ।

आफ्नो अमेरिका दौडाहाको क्रममा विभिन्न राज्यको भ्रमण गर्दै यही शनिवार न्यु योर्क राज्यमा रहेका नेपालीमाझ अन्र्तक्रिया गरेर उनी स्वदेश फर्कदै छन् ।

न्युयोर्कको अन्र्तक्रियाको समन्वय गैर आवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स, टेक्नोलोजी एन्ड एकोनोमिक पोलिसी कमिटीले गर्दैछ भने नेपाल अमेरिकी पत्रकार सङ्घ(नेजा) ले मिडिया पार्टनरको भूमिका निभाउंदैछ ।

कमिटीका अध्यक्ष देशराज संयोक लिम्बुले पुनको यो पुण्य काममा एन.आर.एन.अमेरिकाले सक्दो सहयोग गर्ने उल्लेख गरे । “म निकै नै आशावादी छु कि यो केन्द्रले देशमा रहेका विज्ञान र प्रविधिमा पोख्त जनशक्तिलाई देशमै राख्ने वातावरण बनाउने छ र यसलाई देशको अर्थतन्त्रसंग जोड्ने काम गर्नेछ । पुनसंगको अन्तर्कृया शनिवार दिउँसो १ बजेदेखि ४ बजेसम्म न्यु योर्क सहरको सत्यनारायण मन्दिरमा हुदैंछ ।

प्रतिक्रिया