अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

स्थानीय चुनावको मिति चाडैं घोषणा हुने-प्रधानमन्त्री ‘प्रचण्ड’

बिआरटीनेपाल २०७३ मंसिर २९ गते ७:०७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडैं स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन् । बुधबार प्रेस सेन्टर नेपाल सिरहाद्वारा लहानमा आयोजित पत्रकार सम्मेलनमा तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेकोले सहमतिमा छिट्टै नै निर्वाचनको मिति घोषणा हुने उनले बताएका हुन् ।

प्रधानमन्त्री दाहालले सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनप्रति केन्द्रित भएको बताउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको जनाए ।

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विरोध र आफूमाथि राष्ट्रघाती आरोप लगाउनु गलत भएको टिप्पणी गरेका छन् । उनले प्रतिपक्षदल पनि संशोधन प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू