अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

टेक्सस बासी नेपालीहरूसँग महाबीर पुनः को अन्तरक्रिया सम्पन्न

बिआरटीनेपाल २०७३ मंसिर २८ गते २१:३९ मा प्रकाशित

नेपाली सूचना प्रविधि क्षेत्रमा क्रियाशील महाबीर पुनःसँग आज मङ्गलवार साँझ ६ बजे अर्बिङ स्थित टेम्पटेसन नेपाली रेस्टुरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाज टेक्सस र गैर आवासीय नेपाली सङ्घ (एनआरएन) टेक्सस च्याप्टरको आयोजनामा गरिएको उक्त कार्यक्रममा पुनले आफ्ना नयाँ कार्यक्रमबारे जानकारी गराएका थिए । pun7

नेपाललाई आर्थिक रूपमा सबल बनाउन राष्ट्रिय आविष्कार केन्द्र स्थापना गराएका र त्यसका लागी सहयोग गर्न सबैमा अनुरोध गरेका छन् । उनले यसरी तीन तरिकाबाट सहयोगको अपेक्षा गरेका छन् -आइडिया, पैसा र अर्को साथीलाई जानकारी ।

झन्डै एक दशक अघि म्याग्दीमा तार रहित इन्टरनेट सेवा पु¥याए बापत एसियाको चर्चित म्यागासेसे पुरस्कार समेत पाएका पुन नेपालको दुर्गम क्षेत्रमा सूचना प्रविधि अगाडि बढ़ाउन सरकारले भन्दा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले दिएको जानकारी अनुसार अहिले सम्म एक करोण ब्यालिस लाख रुपैयाँ आर्थिक सन्कलन भइसकेको र आउने एक वर्षमा ५ मिलियन डलरको सन्कलन गर्ने लक्ष रहेको बताए । उक्त सन्कलित रकम हाइड्रो पावरमा लगानी गरी सो को मुनाफाबाट राष्ट्रिय अबिस्कार केन्द्र सन्चालन गर्ने बताए ।  pun-5

उनले आफूले जोडेको सम्पत्ति समेत आविष्कार केन्द्रलाई दान गरेर सुरु गरेको केन्द्रका बारेमा यहाँ रहेका नेपाली समुदायलाई जानकारी समेत गराए । अहिले सो आविष्कार केन्द्रलाई सफलता साथ सञ्चालन गर्नका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा पुनले सहयोगको अनुरोध गरेका छन् ।

लामो समयसम्म नेपाल सरकार, दूरसञ्चार प्राधिकरण लगायत सूचना प्रविधिसँग सम्बन्धित सङ्घ संस्थाबाट सहयोगको अपेक्षा राख्दै अघि बढेका पुनले ती निकायबाट सहयोग पाउन नसके पछि यतिखेर सबैसँग सहयोग माग्दै एक्लै अघि बढेका छन् ।

कार्यक्रमको सभापतित्व नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले गर्नु भएको थियो भने स्वागत मन्तव्य एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले गर्नु भएको थियो । कार्यक्रम सन्चालन नेपाली समाज टेक्सासका महासचिव कमल सत्यालले गर्नु भएको थियो ।

pun-4

pun-3

pun-2

pun-1

pun-6

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू