अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

अमेरिकाका कराते खेलाडी ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा

बिआरटीनेपाल २०७३ मंसिर २७ गते २१:३३ मा प्रकाशित

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भुतपुर्ब सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान उज्जवल ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा जुटेका छन् l नेपाल र नेपालीको नाम उच्च राख्ने हेतुले नेपाली समुदायको शुभेक्षा ,हौसला ,समर्थन तथा आशीर्वाद लिने उदेश्यले गत डिसेम्बर ११ तारिख बाल्टीमोरमा एक पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् l

उनको यो तैयारी तथा अन्य विषयमा समेत जानकारी दिने हेतुले बाल्टीमोरका नेपाली समुदायको पहलमा अमेरिका गट ट्यालेन्ट सम्बन्धी एक अंतरक्रियात्मक कार्यक्रमको आयोजना गर्‍यो l उन्ले कसरी आफूले अमेरिका गट ट्यालेन्टमा गिनीज पुस्तकको लागि भिडियो पठाएको र पत्राचार गरेको बारेमा उन्ले जानकरी गराएका थिए l उन्ले पत्र नै सार्वजनिक गरी सामाजिक संजालमाँ राखेका छन् l karate

ठकुरी आगामी जनवरी १४ तारिखमा अमेरिकाको फिलाडेल्फियामाँ १२ औ सत्रको लागि आमंत्रित भएका छन् l र समय ६ बजेर ३० मिनट मा पुग्नु पर्ने भनी पत्रमा तोकेको छ l र उनको त्यों प्रस्तुति क़्यू एक्ट पद्धति माँ राखिएको बताएको छ lठकुरीले त्यहा राम्रो प्रदर्शन गरे भने उनीले अमेरिका गट ट्यालेन्टमा प्रत्यक्ष प्रसारण मा भाग लीन पाउने छन् l र अमेरिका गट ट्यालेन्टमा संभवत ठकुरी अहिले सम्मको जानकारी अनुसार नेपाली मूलका पहिला व्यक्ति पनि हुने छन् l अमेरिका गट ट्यालेन्टमा सहभागी हुन जाने विषयलाई लिएर खेलाड़ी ठकुरीलाई हौसला र व्यापक प्रचार प्रसार जुटाउन पनि सञ्चार कर्मीलाई जमघट गराएको कार्यक्रमलाई संयोजन गर्ने महेश भट्टराईले बताए l

बाल्टीमोरमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा डिसी महानगर क्षेत्रका पत्रकारहरुको उपस्थिति रहेको थियो भने विभिन्न जिज्ञासाको उत्तर खेलाड़ी ठकुरीले दिएका थिए l ठकुरीका उमेरका खेलाडीहरु अवकास लिने अवस्थामा हुन्छन् भने उमेरले कहिले आफू भित्र रहेको प्रतिभा न मर्ने भएकोले केवल नेपाल र नेपालीको नाम उच्च पार्दै नेपाली झंडा लाई विश्वमा चिनाउने प्रतिबद्धता जाहेर गरेका छन् l karate2

यसको साथै उज्जवल ठकुरी गिनिज बुक अफ वर्ल्ड रेकर्डको नजदीक पनि रहेका छन् l त्यसको लागि उनले सम्पूर्ण कागजात पठाई सकेका छन् भने केही समय भित्र नतिजा प्रतीक्षामा रहेको बताएका थिए l
ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदक हात पारि सकेका छन् l ठकुरीले अमेरिकाका सात वटा राज्यमा कराते खेलमा पदक प्राप्त गर्दै नेपाली झन्डा फहराउने नेपाली मूलका खेलाडी भएका छन् l कार्यक्रम सञ्चालन संचारकर्मी सरोज केसीले गरेका थिए l ठकुरीले आफूले अमेरिकामाँ पाएका सबै पदक प्रदर्शनको लागि ल्याएका थिए भने पदकको बारेमा पनि व्याख्या गरेका थिए l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू