अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

अन्तर्राष्ट्रिय समुदायमा साईबर सुरक्षा जन चेतनामूलक अभियानमा डा. सुबेदी

बिआरटीनेपाल २०७३ मंसिर २७ गते २१:२६ मा प्रकाशित

वासिङ्टन डिसी – नेपाल चितवन घर भई झन्डै दुई दशक देखि अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएका डिसी नेपालका संस्थापक अध्यक्ष तथा प्राध्यापक डा. रामहरि सुबेदी (बिद्या वारिधि) अहिले नेपाली तथा अन्तर्राष्ट्रिय समुदाय लाई साइबर सुरक्षा सम्बन्धी व्यापक जन चेतना गर्ने अभियानमा लागेका छन् । प्रा डा.सुबेदी अन्तर्राष्ट्रिय समुदायमा पनि जम्दै छन् । साइबर सुरक्षामा अमेरिकाबाट बिद्या वारिधि गरेका प्राध्यापक डा. रामहरी सुबेदीलाई भ्याई नभ्याई हुन थालेको छ । अमेरिकामा रहेता पनि विश्वभर आफ्नो अभियानलाई हरेक समुदायमा पुगोस भन्ने चाहना राख्दछन ।

नेपाल उनलाई पानी पधेरो जस्तै भएको छ । कार्यक्रम तय हुन्छ उडी हाल्छन् मातृ भूमि । उनलाई पढनु र पढाउनुको चटारो पनि छ । अध्ययन नगरी अध्यापन गर्न आफ्नो नैतिकताले दिदैन प्राध्यापक डा. सुबेदी भन्छन् । आफूले जानेको कुरा अरूलाई सिकाई एन भने त्यसको कुनै अर्थ हुँदैन भन्छन् । महा विद्यालयमा अध्यापनमा पनि व्यस्त छन् प्राध्यापक डा. सुबेदी । आफूलाई साइबर सुरक्षा सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिन पाउँदा अंतर आत्मा ख़ुशी हुन्छ भन्दै यसलाई व्यापक बनाउन आफूले कुनै कसार नछोड़ने प्रतिबद्धता जाहेर गरेका छन् । डा. सुबेदीले अन्य विभिन्न स्थानमा यस सम्बन्धी तालीममा भ्रमण गरी रहेका छन् । गत केही दिन अगाडि नेपाली समुदायलाई पनि जनचेतना हेतुले आफ्नै निवासमा पनि तालीम दिन भ्याई सकेका छन् । sudan

यसै क्रममा गत डिसेम्बर ११ तारिख डिसी क्षेत्रमा सूडानीज अमेरिकन कम्युनिटी डेवेलपमेंट (सूडानी अमेरिकन विकास समुदाय)लाई साइबर अपराध तथा नियन्त्रण सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिए । आफूले अध्ययन गरेका, जानेका र व्यवहारिक रूपमा अनुभव गरेका कुराहरूलाई हिस्सा गरे । उन्ले जानकारी दिने क्रममा कसरि सामाजिक सञ्जालमा ह्याक हुन्छ ? र रोक्ने उपाय बताए । यसै गरी उनले इमेलमा आक्रमण कसरि हुन्छ बारेमा जानकारी प्रस्तुतिकरणको माध्यमबाट अबगत गराए । डा. सुबेदी ले ९५ प्रतिशत नचाहिने विभिन्न ठाउँमा प्रवेश गर्दा ह्याक हुने बताए ।

उनले सबै भन्दा राम्रो पक्ष प्रयोगात्मक रूपमा अफ्रीकन सूडानी समुदायका सहभागीहरुलाई कसरि युजरनेम तथा पासवर्ड कसरी परिवर्तन गर्ने, कसरि भाइरस हटाउने, मानिसले अत्यधिक प्रयोग गर्ने सञ्चार उपकरण, वाईफाईको सांकेतिक शब्द पनि बेला बेलामा परिवर्तन गर्नु पर्ने बताए । ८० प्रतिशत विषाणु इमेल आउने समेत बताए ।

उनले उक्त तालिममा साइबर सम्बन्धी जानकारी दिँदै प्रत्येक सेकन्डमा १४ जना साईबर अपराधको सिकार हुने बताए । उन्ले अपराध सम्बन्धी प्रसङ्गमा १ सय २९ डलर दिएमा ह्याकरले जो कसैको पनि ह्याक गर्न सक्ने बताउँदा आश्चर्य मानेका थिए । कसरि कम्प्युटरमा भाइरस लाग्छ र समाधान गर्ने उपाय समेत बताउदा उनीहरू निकै हर्षित भएका थिए ।

सूडानी अमेरिकन समुदायसबैले कार्यक्रम अति राम्रो, निकै लाभदायक र उपलब्धि मूलक रहेको बताएका थिए । अधिकांश सहभागीले पुनः तालीम दिन आग्रह प्रा. डा. सुबेदिलाई गरेका थिए । जानकारी दिने क्रममा कसैले आकस्मिक भनेर केही कुराको आपत्कालीन रूपमा प्रति उत्तर दिन आग्रह गरेता पनि सावधान अपनाउनु पर्ने र खोल्न नहुने बताए । आफ्ना बालबालिकाहर ज्यादा सामाजिक सञ्जालमा जाने हुँदा निगरानी राख्नु पर्ने उपाय बताउँदा निकै सहभागीहरू प्रफुल्ल भएका थिए । प्रा. डा. सुबेदीलाई धन्यवाद दिएका थिए । sudan2

डा. सुबेदी गुगलको जिमेलमा कसरि सांकेतिक शब्द परिवर्तन गर्ने बारे प्रयोगात्मक जानकारी दिए । गलत सूचना र लोभ्याउने प्रकारका सूचना आएता पनि आफू सतर्कता हुनु पर्ने बताए । उक्त तालिममा सूडानी मूलका पुरुष तथा महिलाहरू डा. सुबेदी द्वारा दिएको तालिम बाट निकै उत्प्रेरित, शिक्षा प्रद तथा आफुहरु उत्साहित भएको बताएका थिए ।

उन्ले आइफोन हराएमा कसरि भेट्ने त्यो पनि प्रयोगात्मक रूपमा प्रदर्शन गरी देखाए । जहिले पनि सामाजिक सञ्जाल तथा इमेल २ वटा रिकोभरि राख्नु पर्ने सुझाव दिए । उनले साइबर अपराधको बारेमा कैयौ घटनाका उदाहरण प्रस्तुत गर्दै भविष्यमा कारहरु पनि अंतरजालबाट चल्ने र त्यस्मा यन्त्र नै नहुने बताए । कार्यक्रम पश्च्यात डा. सुबेदीले सहभागी तथा सूडानी अमेरिकन समुदायका विशेष व्यक्तिले प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू