अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्न थारु सांसदको ‘गोप्य’ भेला

बिआरटीनेपाल २०७३ मंसिर २७ गते १९:३८ मा प्रकाशित

नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगात पार्टीका थारू सांसदहरुले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान  राखेका छन्।

कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि उनीहरुले गरेका छन् ।

थारु सांसदले आइतबार माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा गोप्य बैठक गरी संविधान संशोधन प्रस्तावमा आफूहरु एक ठाउँमा उभिन सहमति गरेका हुन् ।

उनीहरुले बुधबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएका छन्।

ज्ञापनपत्रमा उनीहरुले कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा राख्न माग गर्न अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने भएका छन्। उनीहरुले नवलपरासीलाई टुक्र्याउन नपाइने सर्त पनि राख्ने भएका छन्।आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू