अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

मीरालाई जिताउन अमेरिकन नेपालीकाे अाह्वान

बिआरटीनेपाल २०७३ मंसिर २७ गते १६:०३ मा प्रकाशित

न्यु योर्क । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी अल्ट्रा धावक मीरा राईलाई जिताउन न्युयोर्कमा एक कार्यक्रम सम्पन्न भएको छ ।

डिसेम्बर ८ मा भएको उक्त कार्यक्रममा अध्यक्ष राईले मीराले नेपाल र नेपालीको शिर उच्चा पार्ने काम गरेकोले सबैले भोट दिएर उनलाई जिताउनुपर्ने भनाई राख्नुभयो । कार्यक्रममा अर्गनाइजेसनका उपाध्यक्ष मुना राईले स्वागत मन्तव्य राख्दै अनुराधा कोइराला, पुष्पा बस्नेतलाई सिएनएन हिरोमा जिताए झैँ उनलाई पनि जिताउन आग्रह गर्नुभयो ।

नेपाल सरकारका प्रतिनिधि एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण सुवेदीले मीराको जित नेपालीको जित भएकोले सबैले उनलाई केही समय निकालेर भए पनि भोट दिन आह्वान गर्नुभयो । यसै गरी विशेष अतिथि एवं जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ संसारभर भएका जन सम्पर्क समितिमा मीरालाई भोट हाल्न पहल गर्ने वचन दिनुभयो ।

एनआरएन अमेरिकाकी उपाध्यक्ष बन्दना कोइरालाले संसारमा रहेका नेपाली एकजुट भई भोट हाल्न पहल गर्ने धारणा राख्नुभयो । शेर्पा किदुगका महासचिव जाङ्बु शेर्पाले मीरालाई जिताउन आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसै गरी जनसम्पर्क समिति न्यु योर्क च्याप्टरका अध्यक्ष रोशन ढुंगानाले नेपालबाट कम भोट आएकोमा आपत्ति जनाउँदै सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
नेवाः नखका प्रतिनिधि तथा एनआरएन–एनसिसी युएसएका सदस्य विष्णुमान प्रधानले मीरालाई जिताउन सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा अर्गनाइजेसनका सदस्य सुखराज राईले मीरा राईलाई लाइभ मन्तव्य राख्ने प्रबन्ध मिलाउनुभएको थियो ।

यसै गरी युएसएनेपालअनलाइनका प्रधानसम्पादक प्रदीप परियार थापाले भोट दिने तरिकाबारे प्रष्टाउनु भयो । अधिकारकर्मी विष्णुमाया परियार थापाले मीरालाई जिताउन आफूले सक्दो सहयोग गर्ने वचन दिनुभयो । एनआरएन एनसिसी युएसए न्यु योर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पाले मीराको जितलाई सम्पूर्ण नेपालीको जित मान्नुपर्ने बताउनुभयो । किरात राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय सदस्य रामकुमार राईले नेपाल सरकारले पनि मीरालाई जिताउन पहल गर्नुपर्ने बताउनुहुदैं सम्पूर्ण नेपालीले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । photo-1

आदिवासी जनजाति महासङ्घ, अमेरिका, सङ्घीय परिषदका अध्यक्ष विनोद पोमुले मीरालाई जिताउन दिनमा एक क्षण समय दिए पुग्ने बताउनुभयो । सङ्घीय समाज अमेरिकाका अध्यक्ष समीर महर्जनले सबै देशमा भएका सङ्घीय समाजका सङ्गठनबाट सहयोग आउने आश्वासन दिलाउनुभयो । गुरुङ समाजका प्रतिनिधि सिद्धार्थ गुरुङले मीरालाई जिताउनु हामी सबैको कर्तव्य भएको बताउनुभयो । photo-1

मुस्ताङ किदुगका कार्यकारी अध्यक्ष एवं जनजाति महासङ्घ, अमेरिकाका कोषाध्यक्ष राजकुमार विष्टले मीरालाई जिताउन सम्पूर्ण नेपालीले पहल गर्नुपर्ने बताउनुभयो । नेपाल किरात राई खेलकुद सङ्घका प्रतिनिधि पर्खिधन राईले मीराको जितका लागि नेपाल किरात खेलकुद सङ्घका तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो । कार्यक्रममा किरात राई सोसाइटी अफ अमेरिकाकी सदस्य मनु लोहरुङ राईलाई किरात राईको संस्कृति संरक्षणमा प्रशंसनीय कार्य गर्दै आएकोले युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाकी केन्द्रीय उपसभापति मुना राईले फुलको गुच्छा दिएर सम्मान गर्नुभयो । अर्गनाइजेसन, न्यु योर्क च्याप्टरका सभापति केशवराम राईको संयोजनमा आयोजित कार्यक्रममा आरती राई र इन्दिरा राईले अतिथिहरुलाई ब्याज र खादा लगाई सहयोग गर्नुभयो ।

कार्यक्रम किरात राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय सदस्य प्रताप राईका पिताको निधन भएकोमा उनको सम्झनामा एक मिनेट मौनधारणपछि सुरु भएको थियो ।

photo-5

photo-4

photo-2

mira

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू