अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

भारतको आसम राज्यमा पनि अनेसासको च्याप्टर गठन

बिआरटीनेपाल २०७३ मंसिर २७ गते ५:४८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आसम च्याप्टरको गठन भएको छ । एघार सदस्सीय सो च्याप्टर साहित्यकार नव सापकोटाको अध्यक्षतामा गठन गरिएको हो ।

सो च्याप्टरको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश ः साहित्यकारहरू बद्री गुरागाई, डा.शान्ति थापा, डा.इन्दुप्रभा देवी र डा.कालिदास थपलिया रहेका छन् भने सदस्यहरूमा क्रमश ः साहित्यकार प्रा.गीता उपाध्याय, मुन्नी सापकोटा, कलमनाथ शर्मा चम्लागाई, खड्गराज गिरी, धर्मेन्द्र उपाध्याय र मदन थापा रहेका छन्् ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्ययन र विकासका लागि विश्वभर क्रियाशील अनेसासले यस अघि भारतको कोलकत्ता, सिक्किम, दार्जिलिङ्ग पश्चिम भारत (देहराद्न), मिजोरम लगायतका ठाउँहरूमा समेत आफ्ना च्याप्टरहरू विस्तार गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू