अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

साझा प्रकाशन बचाउन रु. ३० करोड दिने सरकारी निर्णय

बिआरटीनेपाल २०७३ मंसिर २७ गते ४:५५ मा प्रकाशित

आर्थिक रुपमा घाटामा गएर कर्मचारिकको तलव सम्म दिन असक्ने अवस्थामा पुगेको साझा प्रकाशन बचाउन सरकारले रु. ३० करोड निकासा दिने भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रु. १० करोड अनुदान र २० करोड ऋण गरी रु. ३० करोड प्रदान गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिका साथै राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतका स्रष्टाले प्रधानमन्त्री, शीर्ष नेता र सम्बन्धित निकायमा लामो समयदेखि संस्था बचाइदिन आग्रह गर्दै आएका थिए ।

विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही वर्षयता खोसिनुका साथै अपारदर्शीताका कारण संस्था घाटामा गएको थियो ।

शिक्षामन्त्री धनीराम पौडेलका अनुसार प्रकाशनले आफूले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई तिर्नुपर्ने रकम पनि सोही रकमबाट व्यवस्थापन गर्नुपर्ने निर्णय बैठकले गरेको छ । पाठ्यपुस्तक वितरणको नयाँ जिम्मेवारीबारे भने हाल निर्णय भइनसकेको उनले बताए ।

करिब १५०० स्रष्टा सेयर सदस्य रहेको साझा प्रकाशनका कर्मचारीले विगत छ महिना देखिको तलब नपाएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू