अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

पुष्पा बस्नेत सीएनएन सुपर हिरो घोषित (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २६ गते २१:०२ मा प्रकाशित

नेपालकी चेली पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’मा घोषित भएकी छन् l कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकन्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधा सहित शिक्षा–दीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सीएनएनले बस्नेतलाई को ‘सीएनएन महानायक उपाधिले सम्मान गरेको छ l cnn-super-hero

सिएनएनले अवार्ड प्रदानको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड प्रदान गर्न लागेको हो । प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्दैै आएकी उनी २०१२ मा सीएनएन हिरो घोषित भएकी थिइन् । उनले जितेको ५० हजार डलरले बुढानिलकण्ठ नजिकै बालबालिकाहरुलाई राख्न ‘पुतली घर‘ बनाएकी छिन्

बस्नेतसँगै सीएनएन सुपर हिरोका लागि अमेरिकाको न्यू अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकसमेत मनोनयन भएका थिए l cnn-super-hero-2016

महाबिद्यालयमा पढ्दा ‘समाज कार्य विषयको क्षेत्र कार्यको सिलसिलामा सुनधारास्थित केंद्रीय कारागार जाँदा आमासँगै कारागारमा बसेकी बालिका सानुकान्छी तामाङ बस्नेतलाई समात्न आइन्। २००५ को त्यो घटनाले बस्नेतलाई समाज सेवामा लाग्न प्रेरणा दिएको हो। उनी सम्मानित हुन साथ नेपाल र नेपालीको नाम विश्व भर पुन चर्चा भएको छ l

cnn-super-hero-puspa-basnet

Video

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू