अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

मध्यरातबाट दश हजारभन्दा बढी भागे

बिआरटीनेपाल २०७३ मंसिर २६ गते ११:०४ मा प्रकाशित

बेरुत, मङ्सिर २६ गते । सिरियाली सहर अलेप्पोबाट मध्यरातबाट १० हजारभन्दा बढी व्यक्ति भागेका छन् ।
विद्रोहीको बलियो प्रभाव रहेको इलाकामा जारी भीषण लडाई र भारी बमबारीको कारण ती व्यक्तिहरू भागेका मानवअधिकारवादी समूहले आइतबार जानकारी दिएको छ ।

ती व्यक्तिहरू सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पो र सरकारीबलले हाल मात्र नियन्त्रणमा लिएका उत्तर र मध्यभागका जिल्लाहरुबाट भागेका ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देल रहमानले बताउनु भएको छ ।

दक्षिणपूर्वी सहरका एक बासिन्दाले एएफपी समाचार समितिलाई पश्चिम अलेप्पोको सरकारको नियन्त्रणमा रहेको जिल्लाहरुबाट ठुलो सङ्ख्यामा व्यक्तिहरू भागेका देखेको बताएका छन् ।

अब्जरभेटरीका अनुसार दक्षिणपूर्वी अलेप्पोका विद्रोही र सरकारी बलबीच भारी झडप जारी रहेको छ । यद्यपि बिद्रोहीको बलियो प्रभाव रहेको इलाकामा सरकारी आक्रमण र बमबारी जारी रहेको छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दसौँ लाख व्यक्ति घाइते भएका छन् ।

त्यसै गरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू