अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

अमेरिकाका नेपालीहरुमा सम्बन्ध बिच्छेद बढ्दै

बिआरटीनेपाल २०७३ मंसिर २६ गते १०:५० मा प्रकाशित

जब सम्म हामी अरूको अधिकारको सम्मान गर्न जान्दैनौ तब सम्म हामीले साचो सभ्यता प्राप्त गर्न सक्दैनौ l सामाजिक विकासको साथ साथै मानवीय ईक्षा बढ्दै जान्छ l र ,यसको असर हाम्रो पारिवारिक सम्बन्धमा पर्दछ  – विल रगर्स

शायद यसैले होला अमेरिकन सभ्यता र जीवन शैलीमा जीवन ढाल्दै अघि बढी रहेको नेपाली समुदायका परिवारमा विवाह-विच्छेद सुस्त गतिमा वृद्धि हुँदै जादैछ l सामाजिक ,धार्मिक ,राजनैतिक ,कानुन ,संस्कार तथा परम्पराले गर्दा महिलालाई मानसिक रूपमा पनि कमजोर बनाइएको छ l अझ पनि महिलालाई पुरुषको चाहना अनुसार प्रयोगमा ल्याईएको वस्तु सरह पनि ठान्ने गरिन्छ l

अमेरिकामा पचास प्रतिशत वैवाहिक सम्बन्ध पार पाचुके हुन्छ भनी एक आँकडाले भन्छ l नेपाली समुदायको अमेरिका बसोबास वृद्धि सँगै अमेरिकाका विभिन्न राज्यहरूमा सम्बन्ध -विच्छेद घटना सतह बाहिर आउदैछन् l

आयश्रोत तथा शिक्षाका कारण विवाह-विच्छेद :
एक अध्ययन अनुसार आनुवंशिक ,आयश्रोत तथा शिक्षाका कारण विवाह-विच्छेद हुने ज्यादा जोखिम हुने हुन्छ l र ,सम्बन्ध विच्छेद सत्तरी र अस्सिको दशक ताका निक्कै उच्च भएको भए पनि त्यो प्रवृत्ति नभई केवल ऐतिहासिक अवैधता हुन् गएको उल्लेख गरेको छ l

करिब सत्तरी प्रतिशतको हाराहारीमा अमेरिकामा सत्तरी देखि नब्बेको दशकमा जुन जोडीले पन्ध्रौ वार्षिक उत्सव मनाएका छन् त्यो भन्दा पछि अर्थात् सन् २००१ पछिका विवाह गर्ने जोडीको विवाह-विच्छेदमा कमी हुँदै आएको देखाएको छ l

एक आंकडा अनुसार जति परिपक्व भएर विवाह गर्ने जोडीको विवाह सम्बन्ध लामो समय सम्म टिकेको देखिएको छ l हाल औसतमा अमेरिकामा पुरुष २७ वर्ष र महिला २६ वर्षमा विवाह गर्ने भएकोले वैवाहिक सम्बन्ध सुमुधुर रहेको र विवाह-विच्छेदमा ह्रास हुँदै गएको देखिएको छ l तर पचासको दशक देखि अस्सिको दशकमा पुरुषले २३ र महिलाले २० वर्षको उमेर औसदमा विवाह गर्ने भएकोले कच्चा उमेरको कारण पार पाचुके अधिकतम रहेको थियो l

divorceपारिवारिक बिबिधता , असमानता ,सामाजिक तत्त्व को कारण सम्बन्ध बिच्छेद :
कोहेन्सको पुस्तक अनुसार पारिवारिक बिबिधता , असमानता ,सामाजिक तत्त्व तथा सामाजिक परिवर्तनको कारण विवाह विच्छेदको कारण बताएको छ l जो व्यक्ति कम शिक्षा हासिल गरी वैवाहिक सम्बन्धमा बाधिन्छ उसको सबै भन्दा छिटो सम्बन्ध चिसिने र पृथक् हुने हुन्छ भन्दै महा विद्यालयमा नपुग्ने युवा युवतीमा विवाह-विच्छेद ज्यादै हुने गरेको देखाएको छ l

यिनै कारण र अन्य विविध कारणले गर्दा अमेरिकामा पनि नेपाली समुदायमा वैवाहिक सम्बन्ध न्यूनतम रूपमा बिग्रिदै जाने गरेको छ l अधिकांश रूपमा महा विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा यस्तो प्रवृति झागिदै गै रहेको छ किनभने वातावरणले त्यस्तो परिस्थिति बनाई दिएको हुन्छ l चौतर्फी अमेरिकन रहन सहन ,सभ्यता ,आचरण ,व्यवहार आदिले नेपाली समुदायका बालबालिकाहरु पनि यसको नकारात्मक प्रभाव पर्न देखिन थालेको छ l

अमेरिकामा पुरुष र महिला समान हुन्छन् भन्ने भनाई रहेता पनि अमेरिकामा साचो बराबर हुन ७१ वर्ष लाग्ने एक अध्ययनले जनाएको छ l महिला स-शक्तिकरण भएकोले अमेरिकामा महिला तथा पुरुष दुवैको अधिकार र आवाज दुवैको समान हुन्छ l अमेरिकाको संविधानले वाक स्वतन्त्रता दिएकोले त्यसको प्रभावले नेपाली समुदायलाई पनि छोएको हुँदा लोग्ने स्वास्नी बिच विवाद बढ्दै जाँदा विवाह-विच्छेदमा परिणत भएका प्रशस्त भेटिन्छन l

अहमता पनि एक कारण :
एक आपसमा समझदारी नहुदा अमेरिकामा छौ भन्ने अहमताको कारण घर भाडिन्छ l नेपाली पुरुषहरू नेपालको जस्तै एकात्मक पितृ सत्तात्मक सोच , चिन्तनको कारण परिवारमा झगडा र विवाद भई छोड्ने परिस्थितिमा पुगेको कैयौ घटना छन् l

अब नेपाली समुदायमा पनि सम्बन्ध बिच्छेद र दोस्रो विवाह गर्नु भनेको सामान्य कुरा भई सकेको छ l अझ पनि नेपाली समाज त्यति माथि र यस सम्बन्धमा त्यत्रो फड्को मरेको छैन होला भन्ने नेपाली समुदाय ठान्ने गर्छन् l

सोच फराकिलो नहुने हुँदा सम्बन्ध बिच्छेद:
पुरुष तथा महिला दुवैले एक आपसमा आशंका गर्दा विवाह सम्बन्ध टुटेको देखिएको छ l नेपालमा पुरुषले पुरुषार्थ देखाउदै घरेलु हिंसा गरेको कारण महिलाले सम्बन्ध तोड्छन l यता आई यतै घरजम पनि गर्ने गर्छन् l नेपालमा महिलालाई ज्यादा हेप्ने प्रवृतिको कारण नेपालमा सुमधुर सम्बन्ध रहे पनि अमेरिकामा आएर सम्बन्ध फुटेको छ l पुरुष हरू अमेरिकामा आएता पनि सोच नत्यागने हुँदा कलह बन्ने अनि सम्बन्ध चिसिने भई तोडिने गर्दछ l

स्वतन्त्रता ज्यादा खोज्नेको कारण पनि विवाह बिच्छेद :
ज्यादा स्वतन्त्रता खोज्नेको नाममा आपसी मेल मिलाप नहुदा विवाह-विच्छेद हुने गर्दछ l विभिन्न कारणबाट अमेरिका छिरेका पुरुष या महिला अलिक स्वतन्त्रता ज्यादा खोज्ने हुँदा मनोमालिन्य भई कुरा बिग्रन गै सम्बन्ध टुटने पनि गरेको छ l नेपालमा घर भित्र मात्र रमाउने र परिवारको लागि जीवन समर्पण गर्ने महिला अमेरिकामा ज्यादा स्वतंत्रता हुने भनी पतिले आरोप लगाउँदा पति पत्नी बिच विवाद हुँदा छोड पत्र हुने पनि गर्दछ l महानगर सहरहरूमा भररात जीवन चल्दछ l र ,नेपाली समुदाय पनि त्यसैमा आफूलाई ढाल्ने कोसिस गर्ने क्रममा परिवार भत्कने गरेको हुन्छ l त्यहाँबाट द्वन्द सुरु भएर वैवाहिक जीवन तहस नहस भएको हुन्छ l

शङ्का तथा उपशंखाको कारण सम्बन्ध बिच्छेद:
सम्बन्ध बिच्छेद एक आपसमा शङ्का तथा उपशंखा गर्ने , वैवाहिक जीवनमा अभिभावकबाट हस्तक्षेप हुनाले ,श्रीमानले श्रीमतीलाई अमेरिका ल्याई दिएको धाक लगाएको कारण ,श्रीमतीको कमाई पुरै लोग्नेको हस्तक्षेप हुँदा , सर सल्लाह नमानेको कारण , अमेरिकाको कामको शैली थाहा हुँदा हुँदै कामबाट थकान भएर आउँदा स्वास्नीले नै गर्नु पर्ने सोचाईको कारण तथा अमेरिकामा पुरुष या महिला दुवै खुकुलो वातावरणमा ज्यादा खुला भएको लोग्नेलाई स्वास्नीको र स्वास्नीको लोग्नेलाई मन न परेको कारण सम्बन्ध बिच्छेद हुने देखिन्छ l

समझदारीको ठुलो खाचो:
अमेरिकामा रहेर वैवाहिक जीवनमा बाधिएका पति पत्नी बिच समझदारीको ठुलो खाचो हुन्छ l भर रात काम गर्नु पर्ने बाध्यता भएकोले पतिले पत्नी सँग आशंका या पत्नीले पति प्रति आशंका कदापि गर्नु हुन्न l
हाम्रो संस्कृति ,धर्म र परम्पराले सात फेरा लिएर वैवाहिक गठोमा बाधिएको हाम्रो पवित्र गाठो कहिले टुट्नु हुँदैन l र ,लोग्ने स्वास्नीको झगडा परालको आगो भने झैँ यस्ता कुरामा हाम्रो ध्यान भन्दा आफ्नो जीवन कसरि सफल बनाउन सकिन्छ त्यस तर्फ दुवैले सोच्नु पर्ने हुन्छ l र ,कसरि समाजमा दीर्घ कालीन अवधि सम्म जोडी भएर बसोबास गरेका छन् भनी उदाहरण प्रस्तुत गर्न जान्नु पर्छ l

एक आपसमा सद्भाव र इज्जत गर्न जान्नु पर्ने :
त्यो तर्फ पुरुष तथा महिला दुवैले ध्यान पुर्‍याउन पर्दछ l सबै भन्दा ठुलो चुरो भनेको एकले अर्का लाई माया ,सद्भाव र इज्जत गर्न जान्नु पर्छ l हामी विदेशी माटोमा छौ l झन् सुमधुर सम्बन्ध बनाउनको साटो टुटाउन खोज्यौ भने अर्काले भन्ने बाटो पाउने हुनाले यस तर्फ सजक रहे पति पत्नीको सम्बन्ध युग युगौ सम्म चल्ने हुन्छ l

विवाह-विच्छेद अनेक कारणबाट हुने गर्छ l विवाह-विच्छेदले कसैलाई फाइदा गर्दैन l अन्तिम अवस्था सम्म टुटाउन दिनु हुन् l अमेरिकामा पुरुष वर्गले भन्दा ज्यादा महिलाले ज्यादा विवाह-विच्छेद गर्न चाहेको आंकडाले देखाएको छ l हामी नेपालीलाई घरबार बिगार्ने हावा नलागोस l अर्काको सिकोको नक्कल गर्न कहिले मन नलागोस l सँगै मर्ने र जिउने कसम खाएकोले लामो जिन्दगी यस्तो परिस्थिति कहिले सिर्जना नहोस् l शुभकामना !

divorcing

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू