अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

भीषण लडाई र बमबारी हुन थालेपछि १० हजार भन्दा बढी सिरियालीले मध्यरातमा अलेप्पो छोडे

बिआरटीनेपाल २०७३ मंसिर २६ गते ६:१५ मा प्रकाशित

शनिवार राति भएको भीषण लडाई र भारी बमबारीको कारण १० हजारभन्दा बढी सिरियालीले मध्यरातमै सिरियाली सहर अलेप्पो छोडेर भागेका छन् । दक्षिणपूर्वी अलेप्पोका विद्रोही र सरकारी बलबीच भारी झडप चल्दै आएकोमा शनिवारको राति भीषण लडाई र भारी बमबारीले उग्र रुप लिंदा अलेप्पोबासि सिरियालीहरुले बासस्थान छोडेर भाग्नु परेको हो ।

पश्चिम अलेप्पोको सरकारको नियन्त्रणमा रहेका जिल्लाहरुबाट ति व्यक्तिहरु ज्यान जोगाउन मध्यरातमा भागेको बताईएको छ । अब्जरभेटरीका अनुसार दक्षिणपूर्वी अलेप्पोका विद्रोही र सरकारी बलबीच भारी झडप जारी रहेको छ । यद्यपी बिद्रोहीको बलियो प्रभाव रहेको इलाकामा सरकारी आक्रमण र बमबारी जारी रहेको छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू