अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

जोरपाटी प्रहरी बिटका ५ जना प्रहरीलाई चौकी भित्रै पेट्रोल छर्की जलाउने प्रयास

बिआरटीनेपाल २०७३ मंसिर २६ गते ३:५६ मा प्रकाशित

(प्रहरी भन्छ :भट्टी पसल साँझ ८ बजे बन्द गर्नुपरेको रिस पोख्न राजु लामाको मृत्युको निउँ बनाईयो) 

 

जोरपाटीको महानगरीय प्रहरी बिट नयाँबस्तीमा भएको आक्रमणले नयाँबस्ती दिनभर तनावग्रस्त बनेको छ । प्रहरीले पक्राउ गरेका ट्याक्सी चालक राजु लामाको मृत्यु भएको आक्र्रोशमा आफन्तले प्रहरी बिट तोडफोड साथै ५ जना प्रहरीलाई प्रेटोल छर्की आगो लगाउने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको हो ।

स्थानीयवासीको भिड अचानक प्रहरी बिटमा छिरेर प्रहरीमाथि कुटपिट सुरु गरेपछि स्थानीयको आक्रमणबाट १० जना भन्दा बढी प्रहरी घाइते भएका छन् । आक्रोशित भीडले प्रहरी चौकी बाहिर रहेका सुरक्षाकर्मीलाई कुटपिट गर्दै चौकीभित्र रहेका सई सञ्जीव नापित र पाँच जनालाई बाहिरबाट घेरेर पेट्रोल छर्केको प्रहरीले बताएको छ । आक्रमणकारीले चौकी अगाडि रहेका ४ वटा मोटरसाइकलमा आगो लगाएका छन् भने आक्रोशित भिडले प्रहरी बिटमा आक्रमण गर्दा दुई तले भवनमा पूर्ण क्षति पुगेको छ ।

स्थानीयको आक्रमणले उग्र रुप लिएपछि घटनास्थलमा पुगेका अन्य प्रहरीले स्थिति नियन्त्रणमा लिन २२ राउन्ड हवाइ फायर समेत गर्नु परेको थियो ।

प्रहरीले मादक पदार्थ सेवन गरेर ट्याक्सी चलाएको आरोपमा चालक लामालाई प्रकाउ गरेको थियो । स्थानियले प्रहरीको कुटपिटबाट लामाको मृत्यु भएको आरोप लगाएपनि प्रहरीले भने अत्याधिक रक्सी पिएका लामालाई उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको बताएको छ ।

स्थानीयवासीकै पहलमा स्थापना भएको प्रहरी बिटमा असई विद्याधर चौधरीको नेतृत्वमा सातजना मात्र प्रहरी थिए । स्थानीयवासीको आक्रमणबाट प्रहरी सई सन्दीप नापितको नाक भाँचिएको छ भने ठुलो संख्यामा प्रहरीविट घेर्न पुगेको आक्रोशित भिडले प्रहरी बिटमा पाक्दै गरेको खाना समेत फालिदिएका थिए । चौकी वरपर रहेका स्थानीयले खबर गरेपछि बौद्ध र गौशालाबाट गएको थप टोलीले चौकी आक्रमण गर्न पुगेकालाई तितरवितर गरेको थियो।

प्रहरीले यो घटनालाई पक्राउ परेका लामाको मृत्युको बहाना बनाएर प्र्रहरी बिटमाथी आक्रमण गरिएपनि खाषमा यो एरिया काठमाडौंमै सबभन्दा बढी भट्टी पसल रहेको एरिया बनेकाले आफुहरुले केही समयदेखि ती भट्टी साँझ ८ बजे नै बन्द गराउन थालेको र आज त्यही निहुँमा हुँदै नभएको घटना उछालेर चौकी आक्रमण गरिएको बताएका छन् ।

घटनामा संलग्न २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू