अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

एनआरएनको टाउनहल मीटिंग क्यालिफोर्नियाको सन्नीभेलमा सम्पन्न

बिआरटीनेपाल २०७३ मंसिर २४ गते ४:४१ मा प्रकाशित

एनआरएनको टाउनहल मीटिंग क्यालिफोर्नियाको सन्नीभेलमा सम्पन्न भएको छ । गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्टको प्रमुख आथित्य तथा एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पुर्ण वानियाको अध्यक्षतामा सान फ्रान्सिस्को बे एरियाको सन्निभेलमा डिसेम्वर ८ का दिन टाउनहल मीटिंग सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै एनआरएनए आईसीसीका उपाध्यक्ष तथा  प्रमुख अथिति भवन भट्ट र आरसी एसी सेर्पाले आईसीसीको सम्वन्धित प्रश्नको उत्तर दिए भने  एनआरएनए अमेरिकाका सम्वन्धित प्रश्नको उत्तर एनआरएनए अमेरिकाका क्षेत्रीय उपाध्यक्ष डिल्ली भट्टराई र एनआरएनए अमेरिकाको महिला कोअर्डिनेटर राधा पौडेलले दिए । एनआरएनए क्यालिफोर्निया च्याप्टरको वोर्डअफ डाईरेक्टरले  मन्तव्य राखेको कार्यक्रममा  समाज सेवी दुर्गा दाहालले एनआरएनए सम्वन्धि आफ्ना जिज्ञासा र सुझाव राखेका थिए। त्यसै एनआरएनए आईसीसीका अमेरिका सम्वन्धी हेर्ने मीडियाकोअर्डिनेटर कृष्ण केसीले पनि सुझाव मन्तव्य राखेका थिए।
एनआरएनए अमेरिकाले यसरी टाउनहल मीटिंग गरि एनआरएनको सदस्यता वितरण गर्न अमेरिकाको चारवटै क्षेत्रका क्षेत्रीय उपाध्यक्षहरूलाई जीम्मा लगाए वमोजिम क्यालिफोर्निया स्थित सन्नीभेलमा पनि यो टाउनहल मीटिंग भएको हो । आउदै गरेको एनआरएनएको चुनावलाई मध्य नज़र गर्दै निस्पक्ष सदस्यता वितरण गर्नु पर्ने कुरालाई आत्मसात गरि एनआरएनए अमेरिकाले टाउनहल मीटिंगको प्रावधान गरेको हो ।
त्यसै क्यालिफोर्नियाबासी गैह्र-आवासीय नेपाली, संचारकर्मी प्रतिनिधि एवं विभिन्न नेपाली संघ संस्थाका अध्यक्ष समेत उक्त अन्तरक्रिया  तथा एनआरएन अमेरिकाको साधारण सदस्यको टाउनहल मीटिंगको कार्यक्रममा उपस्थिती रहेको थियो  ।
त्यसै  सन्नीभेल, क्यालिफोर्नियामा डिसेम्वर ८, २०१६  बेलुकी ५:३० बजे आयोजना गरिने सूचना गरिएता पनि ७.१५ वजे शुरू भएको थियो । उक्त कार्यक्रममा नर्दन क्यालीफोर्नीया जन सम्पर्क समितिका अध्यक्ष पूर्ण सेर्पा,न्यान्सका पूर्व अध्यक्ष उत्तम कार्की, सन्नी सगरमाथा समाजका अध्यक्ष वलराम पाण्डे,एनएजिसीका अध्यक्ष मणि नेपाली पनेरू,लायन्स क्लवका फ्रिमण्ट सगरमाथाका अध्यक्ष सन्तोष गिरी,लायन्स कल्वअफ सन्फ्रान्सिस्को वुद्धका अध्यक्ष प्रकाश लामा,नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लाक्पा डेण्डी सेर्पा,नेजाका महा सचिव तोया दाहाल, नेजाका क्षेत्रीय निर्देशक ध्रुव कुँवर, नेपाल दर्पनका अमृत कुवर,एनडव्लु जीएन क्यलिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष विष्णु गुरूगं एकता,एनआरएनए ओरिगन च्याप्टरका सचिव सुनिल राज कर्णिकार,समाज सेवी हरिहर दाहाल,दुर्गा दाहाल, विनोद भट्ट,विश्व भट्ट,विश्व भण्डारी,वन्दु पोख्रेल, भवन भट्ट शिसिर भट्ट, समेतको  उपस्थिति रहेको थियो  ।
प्रतिक्रिया