अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

सिमांकनको नाममा भारतले लुम्बिनी कब्जा गर्दैछ – आनन्द पोखरेल

बिआरटीनेपाल २०७३ मंसिर २३ गते ५:४७ मा प्रकाशित

नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले सिमांकनका नाममा ७० बर्ष अघिदेखि लुम्बीनी भारतले कब्जाको रणनीति बनाएको र हाल आएर सफल हुन लागेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पोखरेलले नेपालीको चाहनामा भन्दा पनि भारतको इशारामा पाँच नं प्रदेशलाई टुक्राउँदै लुम्बीनी कब्जा गर्ने रणनीति भएको बताउनु भएको हो ।

उहाँले प्रतिपक्षलाई जानकारी नै नदिई जसरी संबिधान संशोधनको प्रक्रिया संसदमा बढाएको छ, यो नेपाल र नेपालीको हितमा नरहेकाले यो फेल हुने र सत्ता पक्षले भनेको जस्तो बहुमत नरहेको र सत्ता पक्षकै सांसदहरु संशोधनको बिपक्षमा रहेको बताउनु भयो ।

त्यस्तै, नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले वर्तमान समयमा सडक आन्दोलन जुलुस हड्ताल भन्दा पनि संसदमा आएर संशोधनका बिषयमा छलफल अगाडि बढाए मात्र समाधानको उपाय निक्लने बताउनु भएको छ ।unnamed-1

उहाँले एमालेले संबिधान संशोधनको पक्षमा नरहेता पनि संसदको पक्रियालई अवरुद्ध नगरि संशोधनको छलफलमा गए मात्र संबिधान कार्यान्वयनको पाटोले तिब्रता पाउने भन्दै सहकार्य र सम्झौता नै संबिधान कार्यान्वयनको सफल पक्ष रहेको बताउनु भयो ।

संबिधान संशोधनको प्रक्रियाले पूर्णता पाउन नसके तोकिएको मितिमा निर्वाचन असम्भव रहेको रिजालको टिप्पणी छ ।

मधेशी नेताले बोले बिदेशीले बोलेको भन्ने भ्रमलाई त्याग्दै मधेशका नागरिकको जायज मागलाइ सम्बोधन गर्नु पर्ने र संसदमा छलफल गर्दै गए अझ राम्रा संशोधन आउने र त्यसले नेपाललाई समृद्धि तर्फ लाँदै संबिधान कार्यान्वयनको पाटो मजबुद हुने उहाँले बताउनु भयो ।

उहाँले नेकपा एमालैकै कारण प्राधिकरणको कर्मचारी नियुक्तमा ढिलाई भएको भुकम्प पिडितले तत्कालै राहत पाउनु नसकेको र वर्तमानमा समेत सोच अनुसार सरकारले काम गर्न नसक्नु लाचारी रहेको स्विकार गर्नु भयो ।

काँग्रेस र माओवादी बीच सरकार समिकरणका बिषयमा पहिलनै सम्झौता भईसकेकाले आवश्यकता अनुसार समिकरण परिवर्तन हुने भएता पनि तत्कालै सरकारको समिकरणमा कुनै परिवर्तन देखा नपर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू