अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२
| Colorodo: 22:57
प्रमुख प्रतिपक्षिदल नेकपा एमालेका कार्यकर्ताहरु पक्राउ परेपछि आज कैलाली बन्दको घोषणा गरिएको छ । हिजो बुधबार सुदूरपश्चिम महोत्सव उदघाटन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेकपा एमाले, राष्ट्रिय जनमोर्चा लगायतका दलका नेता तथा कार्यकर्ताले सडकमा टायर जलाएर बिरोध प्रदर्शन गर्दा पक्राउ परेका थिए ।
कार्यकर्ताहरुलाई पक्राउ गरेको बिरोधमा नेकपा एमाले कैलालीले जिल्ला बन्द गरेको जनाएको छ । बन्दका कारण लामो तथा छोटो दुरीमा चल्ने यातायातहरु ठप्प भएका छन् ।
हिजो प्रधानमन्त्री दाहाल धनगढी पुग्दा संसदमा दर्ता भएको संबिधान संसोधन प्रश्तावको बिरोधमा उनिहरुले बिरोध गर्दै प्रदर्शन गरेका थिए । पक्राउ पर्नेहरुमा एमाले केलाली जिल्ला अध्यक्ष दिर्घ सोडारी, जिल्ला सचिव रणबहादुर चन्द, जिल्ला सचिवालय सदस्य यज्ञराज बास्तोला लगायत छन् ।
picture source: Dinesh Fm