अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

महाबीर पुनको सिकागोवासीसंग अन्तरक्रिया कार्यक्रम

बिआरटीनेपाल २०७३ मंसिर २२ गते २२:३८ मा प्रकाशित

नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा विश्व बिख्यात मेगासेसे पुरस्कारबाट सम्मानित महाबीर पुन डिसेम्बर 11 का दिन् इलिनोइ राज्यको सिकागो सहरमा आउदै हुनुहुन्छ । नेपालमा एउटा सुविधा सम्पन्न आविष्कार केन्द्र निर्माण गर्ने पवित्र उद्धेश्य राखेर स्वदेश तथा विदेशका सबै तह र तप्काका जनसमुदायसंग अन्तरक्रिया गर्ने अभियान अन्तर्गत पुन सिकागो आउदै हुनुहुन्छ । महाबीर पुनको सिकागोको कार्यक्रम गैह्र आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषदको इलिनोइ च्याप्टरले आयोजना गर्ने भएको छ ।

कार्यक्रमका बारेमा प्रस्ट पार्दै इलिनोइ च्याप्टरका सचिव सत्य नारायण चौधरीले अन्तरक्रिया कार्यक्रम स्था नियइभान्ष्टन सहरको ६३० च् र्च स्ट्रिटमा अवस्थित माउंट एभरेष्ट रेस्टुरेंटमा डिसेम्बर ११ २०१६ आइतबारका दिन साँझ ३ बजे देखी ५ बजे सम्म र त्यस पछि फंड रेइजिंग डीनरको आयोजना गरिएको कुरा बताउनु भयो . महाबीर पुन को आसन्न कार्यक्रम आयोजना गर्न सिकागोका स्थानीय सङ्घ संस्थाहरूको समेत सहयोग रहने कुरा समेत सचिव चौधरीले जानकारी गराउनु भयो !

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू