अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

आत्मसम्मानका अगाडि भगवान ! हो, त्यसैले हामी कैलाश मानसरोवर गएनौं

बिआरटीनेपाल २०७३ मंसिर २२ गते २२:११ मा प्रकाशित

नेपाली धर्ममा गाढा बिस्वास गर्छौ, धर्म र आस्थाका लागि सबै कुरा सुम्पन पनि तयार हुन्छौं यो धेरै सम्म सत्य हो तर हामी त्यसो गर्न तयार भएनौं । अन्ततः सात दिन पैदल हिडेर, ५२०० मिटर उचाईमा रहेको उरै भञ्ज्यागं छिचोल्दै ताक्लाकोट पुगेपनि त्यहाँबाट जम्मा गाडिमा डेढ घण्टाको दुरिमा रहेको मानसरोवर नपुगि फर्केर आयौं । हामीले भगवान रोजे आत्मसम्मान र पहिचान गुमाउन पथ्र्यो त्यसैले हामी कैलाश मानसरोवर गएनौं ।

काठमाण्डौंको एक घेटघाटमा संचारकर्मि मित्र बसन्तप्रताप सिंहसँग सल्लाह भयो, एक पटक चैनपुर देखि उरै भञ्ज्यागं हुदै ताक्लाकोट सम्मको निर्माणाधिन सडक खण्डको बस्तुस्थिती बुझने र हिन्दुहरुको महान आस्थाको केन्द्र कैलाश मानसरोवर पनि पुग्ने । साथै नेपालबाट कैलाश मानसरोवर पुग्न सबैभन्दा छोटो मार्ग भनिदै आएको धनगढी–चैनपुर–ताक्लाकोट मार्ग निर्माण र नाका खोल्ने अभियानमा लाग्ने ।
हामी बच्चा देखि त्यो बाटोको बिषयमा सुन्दै आएका थियौं । हाम्रो स्थानिय भाषामा ताक्लाकोट जानलाई भोट, पुरासँ जाने भनिन्थ्यो । हाम्रा पुर्खाहरु बर्षेनी त्यहाँबाट उन तथा लत्ता कपडा ल्याउने गर्दथे । धनगढी देखि चैनपुर सम्मको सडक संजाल नबन्दा या त बैतडीको झुलाघाट सम्म पैदल गई लुगा कपडा ल्याउन पथ्र्यो भने या त भोट, पुरासँ । झुलाघाट जाने बाटो केहि सहज थियो क्यारे तर भोट, पुरासँ जाने बाटो निकै कठिन । कतिपय मानिसहरु त फर्केर पनि नआउने । निकै होसियार भएर जानु पर्ने । लाँगा देबताको भजन किर्तन गर्दै, सफा र शुद्ध भएर जान पर्ने । थोरै असावधानी भयो कि ज्यान नै गुमाउन पर्ने ।

h

हामी त्यतिबेला सानै थियौं, तत्कालिन अवस्थामा बझागं पुगेका पूर्ब स्वर्गिय प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोईराला, मनमोहन अधिकारीहरुले चैनपुर देखि उरै भञ्ज्यागं हुदै ताक्लाकोट सम्मको सडक बनाईदिने भाषण गर्थे, हामी त बुझदैनथ्यौं तर साँझ घरमा कुरा सुनिन्थ्यो । आज फलानोले यो भाषण गर्नुभयो, यो सडक बने त हाम्रो भविष्य नैं कायापलट हुन्थ्यो । तर सुनेको सायद २० बर्ष पुग्यो होला । र रफ्तार यहि रहन्छ भने अझैं कहिले सम्म यो सडक बन्ला, आशामै रमाउनु पर्ने देखिन्छ ।

अन्नतः योजनाले मुर्तरुप लियो । नेपाल पर्यटन बोर्ड र नेपाल सरकार, काँडा गाबिसको सहयोगमा हामी चैनपुर देखि पदयात्रा गर्दै तिब्बतको ताक्लाकोट पुग्ने भयौं । चैनपुरमा प्रमुख जिल्ला अधिकारी सुनिल खनालले खादा लगाएर बिदाई गर्ने बेलामा हातमा ताक्लाकोटका पब्लिक सेक्युरिटि ब्युरो प्रमुखलाई लेखेको पत्र थमाईदिएपछि हाम्रो हौसला थप बढ्यो । काठमाण्डौंबाट नेपाल पर्यटन बोर्डका खड्ग बिक्रम शाहले कहाँ पुगियो, के हुदैछ भनेर समय समयमा अपडेट लिईरहँदा हामी थप उत्साहित थियौं ।

%e0%a4%b8%e0%a4%ae%e0%a5%81%e0%a4%b9%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a4%be%e0%a4%88-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%ac%e0%a4%9d%e0%a4%be%e0%a4%97

समुहलाई-बिदाई-गर्दै-बझाग-जिल्लाका-प्मुख-जिल्ला-अधिकारी-सुनिल-खनाल

हामीसँग समुहमा काँडा गाबिस सचिव धनबहादुर घर्ति, पत्रकार उत्तम थापा भाई लगायत ६ जना भयौं । धुलिमा लाल भाई थपिए, उनि बाटो र तिब्बेतमा बोलिने भाषाको राम्रो जानकार थिए । हामीले चैनपुर बाट उरै भञ्ज्यागं सम्मको सडक मार्ग करिब ९० किलोमिटर मध्ये बनेको सडक १८ किलोमिटर सम्म जिपको यात्रा गर्यौ । जीपबाट ओर्लिएपछि सेति नदिलाई बाँया पारेर अगाडि बढ्यौं । जहाँ तल्कोट, धलौन, काँडा, धुलि जुन जिल्लाकै बिकट तथा टाढा रहेका बस्ति हुन त्यही भएर हिड्यौं । चैनपुर देखि ताक्लाकोट सम्मको सडक मार्गको लागि सर्भे गरिएको बाटो भने सेति नदि पारि अर्थात हामी हिडने भन्दा दाँया पट्टी पथ्र्यो ।

%e0%a4%aa%e0%a4%a6%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b8

पदयात्रा-मार्गमा-पर्ने-सेति-नदि-झरना-जुन-सिंगै-नदि-झरना-बनेको-छ

धुलि हाम्रो करिब ८ दिनको पैदल यात्रा मध्येको अन्तिम बस्ति । त्यहाँ भन्दा माथि ठाउँ ठाउँमा अस्थाई होटेल छन भन्ने सुनेका थियौं । बाटो पनि अफ्ठेरो र चुनौतीपूर्ण हुन्छ भन्ने हामीले मनस्थिती बनाई सकेका थियौं ।

%e0%a4%9a%e0%a5%88%e0%a4%a8%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%89%e0%a4%b0%e0%a5%88-%e0%a4%aa%e0%a4%a6%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d

चैनपुर-उरै-पदयात्रा-मार्गको-ईमिल्दवारमा-जोखिमपूर्ण-यात्रा-गर्दै-समुहका-सदस्यहरु

अन्ततः चैनपुरबाट हिडेको सातौं दिनका दिन हामी ताक्लाकोट (तिब्बत) पुग्यौं । ताक्लाकोट सम्म पुग्दा हामीले बाटोमा कति दिन भोकै बस्नु पर्यो, कतिपय उकाला ओरालाहरु हिड्न हम्मे हम्मे पर्यो । बाटोमा ठाउँ ठाउँमा बसेका बन्यजन्तु र जडिबुटिका तस्करहरुले कर्के रुपले हेरें, कतै यिनिहरु प्रशासनका मान्छे त होईनन्नी भनेर । ५२०० मिटरको उरै पासमा पुग्दा मन हर्षले प्रफल्लित पनि भयो । बाटोमा लाँगा देबतासँग सम्बन्धित बिभिन्न पौराणिक कथनहरुका साथै जिवन्त लाग्ने पक्षहरु हेर्दा मन अचम्भित पनि भयो ।

%e0%a4%89%e0%a4%b0%e0%a5%88-%e0%a4%ad%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a4%82%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b

उरै-भञ्ज्यागंमा-राखिएको-नेपाल-चिन-सिमानामा-हाम्रो-समुह

नेपाल र चिन बिचको सन्धिले तिब्बतसँग सिमाना जोडिएका नेपाली जिल्लाका बासिन्दाहरुलाई त्यहाँको स्थानिय प्रशासनले दिएको अनुमति पत्रको आधारमा ३० किलोमिटर सम्म तिब्बतको भू भाग सम्म जान पाउने प्राबधान छ । यहि प्राबधान अनुसार दार्चुला, बझागं र हुम्ला जिल्लाका बासिन्दाहरु तिब्बतको ताक्लाकोट सम्म स्थानिय प्रशासनले जारी गरेको प्रवेश आज्ञाका आधारमा जान पाउँदछन् । हामी पनि जिल्ला प्रशासन कार्यालय बझागंले दिएको प्रवेश आज्ञाको सहारामा ताक्लाकोट सम्म पुग्यौं ।

15328260_1084934171604729_1237836772_n

ताक्लाकोटमा हुम्ला, बझागं र दार्चुलाबाट गएका मान्छे प्रशस्तै भेटिए । अधिकांश ब्यापार ब्यवसाय गरेर बसेका छन् भने केहि मजदुरी काम गर्दा रहेछन् । आम्दानी पनि राम्रै हुँदो रहेछ, महिनाको डेढ लाख सम्म । त्यहाँ ब्यवसाय गर्ने दार्चुला, बझागं र हुम्लाका ब्यवसायीहरुको एउटा संघ पनि स्थापना गरिएको रहेछ, कैलाश ब्यापार संघ । त्यसै संघका सचिव जगत तामागं जो बझागंबासि पनि हुन उनले हामीलाई ताक्लाकोटमा न्यानो स्वागत गरे ।

उनलाई हामीले आउनुको उद्देष्यका बारेमा प्रस्टरुपमा कुरा राख्यौं । नेपाल पर्यटन बोर्डले समन्वयका लागि दिएको रिकोमेन्डेसन लेटर र जिल्ला प्रशासन कार्यालय बझागंले ताक्लाकोटको पब्लिक सेक्युरिटि ब्युरोलाई लेखेको पत्र पनि । उनले फोन लगाए, तिब्बेतियन भाषामा कुरा गरे र हामीलाई भोलि बिहान ९ बजे त्यहाँको पब्लिक सेक्युरिटि ब्युरोको निमित्त प्रमुखसँग छलफल गराउने समय मिलाए ।

ताक्लाकोट सम्म हामीलाई कुनै रोकछेक थिएन किनभने हामी ३० किलोमिटर सम्मको परिधिमा थियौं । रातभरी पनि बजारमा आवागमन गर्न कुनै कठिनाई थिएन । मरुभूमि नैं किन नहोस्, बजार क्षेत्रमा हरियाली राती बत्तिको सुन्दरता र फराकिला सडक सायद ताक्लाकोटका प्रमुख आर्कषण यिनै हुन । अपराध गरे कडा कारबाही नभए पुरै स्वतन्त्रता, छोटो बसाईमा यहि बुझियो ।

%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%83%e0%a4%b7%e0%a5%8d

ताक्लकोटमा-रात्रिको-दृष्य

भोलिपल्ट बिहान साढे आठ बजे नैं त्यहाँको पब्लिक सेक्युरिटी ब्युरोका निमित्त प्रमुख निमा तेन्डुप आफै गाडि ड्राईभ गरेर हामी भए ठाउँ पुगें । सचिव जगत तामागंसँग हामी कुराकानी गर्दै थियौं । जगत दाईले तिब्बेटियन भाषामा निमालाई हामी आउनुको उद्देष्य बताई दिए साथै बझागंका प्रमुख जिल्ला अधिकारीले पठाएको पत्र पनि थमाई दिए । करिब १ घण्टा कुरा गरेपछि निमा तेन्डुपले आफ्नो सिनियरलाई फोन गरें जो अफिसियल कामको सिलसिलमा ल्हासा गएका रहेछन्, हिजो मात्रै । करिब ५ मिनेटको कुरापछि निमा तेन्डुपले मुस्कुराउँदै भने, हाकीमले पाहुनालाई राम्रोसँग स्वागत गर र लञ्च सँगै गराउ भन्नु भएको छ ।

यसरी बाहिरबाट त्यहाँ पुग्ने बिदेशी नागरिकलाई हेर्ने जिम्मा पब्लिक सेक्युरिटी ब्युरोको हुँदो रहेछ, जगत दाईले हामीलाई बुझाए । हामीले निमासँगै लञ्च गर्यौं र उनकै गाडिमा एक दुई चक्कर बजार पनि परिक्रमा गर्यौं । निमाले छुट्टिने बेलामा जवाफ दिए, भरे सम्म मेरो हाकीम यहाँ फर्कने कुरा छ, उहाँ आईसकेपछि तपाईहरुलाई मानसरोवर सम्म पठाउने प्रबन्ध हामी आफैं गरौंला आज यसो बजार डुल्नुहोस्, आराम गर्नुहोस् । हामी निकै खुशि र उत्साहित भयौं, जगत दाईले ताक्लाकोटका मुख्य मुख्य स्थानहरु देखाईदिए ।

%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%ac%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%af

ताक्लाकोटका-पब्लिक-सेक्युरिटि-निमित्त-प्रमुख-निमा-तेन्डुपसँग-भोजन-गर्दै-हामी

साँझ ५ बजेतिर फेरी निमा हामी भए ठाउँमा पुगे र भनें आजको डिनर पनि सँगै गराउनु भन्ने हाकिमको आदेश छ । सँगै डिनर खायौं, जगतदाईले दोभासेको भूमिका निभाईदिदा हामीले निमाले भनेका कुराहरु बुझ्ने मौका पायौं । करिब २ घण्टाको बसाईमा चार पाँच पटक निमाले आफ्नो हाकीमसँग कुरा गरिरहे । हाकीमले उताबाट पाहुनाहरुलाई कुनै दुःख, झिंझरो त भएको छैन नी भनेर सोध्नु भएको छ भनेर निमाले सुनाई राख्थे ।

%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%ac%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%af

ताक्लाकोटका-पब्लिक-सेक्युरिटि-निमित्त-प्रमुख-निमा-तेन्डुपसँग-भोजन-गर्दै-हामी

छुट्टीने बेलामा निमाले फेरि भनें, हाकीम राती १ बजे सम्म भएपनि पुग्ने कुरा छँ, तपाईहरुलाई मानसरोवर पठाउने बिषयमा भोली बिहान नौ बजे तिर सल्लाह गरौंला । हामी छुट्टीयौं भोली हिन्दुहरुको महान आस्थाको केन्द्र मानसरोवर र कैलाश पुग्ने । बिहान हामी तयारी भएर बस्यौं, भनेको समयभन्दा केहि अगाडि नैं निमा आईपुगे । तर आज त्यति खुशि देखिदैन थिए । जगतदाईले उनिसित कुरा गरें । हामी बुझदैनथ्यौं, त्यै पनि ध्यान दिएर सुनिरहयौं उनिहरुको बार्तालाप । उनिहरुको कुरा सकिएपछि निमाले बोलेको कुरा जस्ताको त्यस्तैं जगतदाईले हामीलाई सुनाए ।

निमाको हाकीम र जुनियर अफिसर कामले ल्हासातिर गएका, हिजो राती १ बजे सम्म फर्कने कुरा थियो तर फर्कन सकेनन् अझैं फर्कन तीन चार दिन लाग्ने भयो । हामीलाई कैलाश र मानसरोवर सम्म पठाउन उनिहरुसँग हामीसँगै पठाउने मान्छे भएन । अफिसमा एउटै निमा मात्र । उनले हामीलाई लिएर जाँदा अफिस हेर्ने मान्छे नहुने भयो । तसर्थ, हामीले तपाईहरुलाई त्यहाँ पठाउन नपाएकोमा हामी निकै दुःखि छौं निमाको हाकीमले निमासँग गरेको संवाद यस्तै रहेछ ।

kishore-khadka

Kishore khadka (khadkaje@gmail.com)

अन्ततः निमाले फेरी जगतदाईसंग कुरा गरे। त्यति टाढा देखि आईसकेपछि कैलाश मानसरोवर सम्म पुरयाउन नपाउदा मलाई निकै दुःख लागेको छ । तर हेर्नुस्, उहाँहरु जान ईच्छुक नै हुनुहुन्छ भने, म नदेखे जस्तो गर्छु उहाँहरु गएर आए हुन्छ । हामीलाई थाहाँ छ, हुम्ला, बझागं र दार्चुलाबाट यहाँ आउने अधिकांश मानिसहरु मानसरोवर सम्म पुग्न नैं आउने हुन । उनिहरु हाम्रो स्विकृति र हामीलाई जानकारी नगराईकन पुग्नै गरेकै हुन्, बस हामीले आखाँ चिम्लि दिएको मात्रै हो । हामीले कडारुपमा हेर्ने हो भने, उहाँहरु ३० किलोमिटर भन्दा एक ईन्च पर पनि पाईला राख्न सक्नु हुन्न तर अहिले सम्म हामीले त्यसो गरेका छैनौं तर यो लिगल भने होईन ।

ताक्लाकोटबाट मानसरोवर पुग्न करिब १२० किलोमिटर गुड्नु पर्ने हुन्छ, बझागं, हुम्ला र दार्चुलाबाट ताक्लाकोट सम्म करिब ३० किलोमिटर हाराहारीमा हुन्छ, केहि पर सम्म मात्रै । त्यसपछि बिना भिषा अनुमति छैन र दार्चुला र बझागंबाट आधिकारिक रुपमा नाका नखोलिएको हँदा ति नाकाबाट भिषाले प्रवेश गर्न मिल्दैन । स्थानिय प्रशासनले जारी गरेको प्रवेशाज्ञानै भिषा हो तर ३० किलोमिटर सम्मको परिधिको लागि मात्रैं ।

हामीले धेरै नसोचिकनै जवाफ दियौं जगतदाईलाई । हो हामी मानसरोवर सम्म पुग्ने लक्ष्यका साथ नैं आएका हौं । हाम्रो उद्देष्य प्रष्ट छ, बझागंको बाटो हुदैं भारतीय र तेस्रो मुलुकका पर्यटकलाई कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो बाटो भनिदै आएको बिषयमा बुझने र आफै अबलोकन गरि यसलाई अभियानको रुपमा अगाडि बढाउने । यदि हाम्रो कुरामा उहाँहरु कन्भिन्स भएर हामीलाई जान लिगल अनुमति दिए हामी आफ्रनै स्रोतमा गाडि बुकिंग गरेर पनि जान्छौं तर इल्लिगल जादैनौ । त्यसैमाथि जिल्लाकै प्रतिष्ठा जोडिएको छ हाम्रो यस यात्रा र अभियानमा हामी कसरी चोर जस्तै जाने ? यता निमाले पनि हामीलाई यसरी स्वागत गरिसकेपछि हाम्रो आत्म सम्मानले कसरी त्यो गराउन सक्छ ? निमाले पहिला पनि भनेका थिए, बझागंबाट अहिले सम्म यसरी प्रशासनको प्रतिनिधित्व गरी मान्छे आएको मलाई थाँहा भएको पहिलो हो । प्रशासनले चिठ्ठिीमा लेखिदिएपछि हामीले उहाँलाई प्रशासनकै प्रतिनिधी मान्छौं ।

निमाले अगाडि पनि भनेका थिए, उहाँहरुको आशा भनेको त्यही मानसरोवर सम्म पुग्ने त होलानी । हुन पनि हिजोका दिन सेक्युरिटि मिटिगंका लागि आएका हुम्ला, दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरुले अन्तिम आशा कैलाश र मानसरोवर पुग्ने नै देखाएका थिए । त्यतिमात्र होईन, उनिहरुका नातेदारहरु र प्रतिनिधीको आशा पनि यही रहन्थ्यो र हामीले पनि उहाँहरुलाई त्यहाँ सम्म पुरयाएकै छौं । हो हामीमा बझागंबाट भएर कैलाश मानसरोवर लैजान बाटोको पहल कदमी गर्ने, बझागंको बाटो भएर धार्मिक पर्यटकलाई कैलाश मानसरोवर सम्म पुरयाउन पहल कदमी गर्ने उद्देष्य त थियो तर मनमा मानसरोवर पुग्ने र कैलाश पर्बतको दर्शन गर्ने ठूलो आशा र उत्साह पनि थियो ।
अन्ततः हामी कैलाश मानसरोवर चोरको शैलिमा नजाने भयौं बरु फर्कदा हुम्लाको बाटो भएर फर्कौ भन्ने सल्लाह भयो । जसले गर्दा हुम्लाको बस्तुस्थिती पनि बुझने मौका मिल्थ्यो । साथैं अहिले हुम्लाको नाकालाई कैलाश मानसरोवर जान अर्थात तिब्बत जान अनुमति दिएको आधिकारीक मार्गको बिषयमा स्थलगत जानकारी हासिल गर्ने मौका पनि जुथ्र्यो ।

जगत दाईले पनि हाम्रो आशयलाई धन्यवाद दिए, हामी आत्मसम्मानको लागि झुक्दैनौं र बझागं, हुम्ला र दार्चुलाबासिहरु सबै चोरेर कैलाश मानसरोवर जादैनन् भन्ने नजिर पनि बनाएकोमा र निमा तेन्डुपलाई पनि बुझाउने र देखाउने मौका पाएकोमा ।

%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a4%be%e0%a4%88-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87

ताक्लाकोटबाट-बिदाई-गर्ने-क्रममा-कैलाश-ब्यापार-संघका-सचिव-जगत-तामागं-बिचमा-सँग-हामी

ताक्लाकोटबाट करिब ४ लेनको सडकमा हुम्लाको हिल्सातर्फ कुद्दै गर्दा मनमा भने कैलाश मानसरोवर पुग्न नपाएको धुकधुकी थियो तर आत्मसम्मान र अठोटले भनिरहेको थियो, जे गर्यौ गज्जब गर्यांै, नेपाली हामी चोर बाटो हिडदैनौं । तर भोली सोही बाटो भएर कैलाश मानसरोवर पुग्ने नैं हो तब, जब बझागंको नाकालाई आधिकारीक रुपमा खुलाईन्छ र चैनपुर उरै ताक्लाकोट सडक निर्माण गरेरै छोडिन्छ !

%e0%a4%b9%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%95

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू