अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

पाकिस्तानी बिमान दुर्घटना, बिमानमा सवार ४७ जना यात्रुको मृत्यु भएको आशंका

बिआरटीनेपाल २०७३ मंसिर २२ गते ८:२९ मा प्रकाशित

चालक दलका ५ सदस्य सहित ४७ जना सवार पाकिस्तान एयरको बिमान दुर्घटनामा परेको छ । पाकिस्तानी समय अनुसार अपरान्ह ३बजेर ४० मिनेटमा चित्रालबाट उडेको बिमान राजधानी इस्लामाबादबाट ७५ किलोमिटर टाढा हेभालियनको करपाल गाउँमा दुर्घटनामा परेको हो ।

पाकिस्तान एयरलाइन्सले जारी गरेको बिज्ञप्तिमा भनिएको छ  फ्लाइट पीके-६६१ बिमान उत्तरी शहर चित्रालबाट राजधानी इस्लामाबादका लागि उडेको ३५ मिनेट पछि सम्पर्क बिच्छेद भएको थियो । विमानमा सबार सवैको मृत्यु भएको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू