अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

एम लमाको तहल्का सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २१ गते १:२२ मा प्रकाशित

नेपाली गीत संगीतमा विगत एक दशक देखि रहेका गायक एम लामाले दर्शक÷स्रोतामाझ ‘तहल्का’ एल्वम लिएर आएका छन् । राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ‘तहल्का’लाई आफ्नो १२–१३ वर्षको फल हो भनेका छन् एमले ।

‘म्युजिक सम्बन्धि विभिन्न कक्षाहरु लिएर नै पूर्ण रुपमा आफूलाई पोख्त बनाएर यो क्षेत्रमा होमिएको छु ।’ उनले भने । एल्बममा ‘तहल्का…,’ ‘खै कस्ले…’, ‘म खेलीरहेछु…’, ‘कतै प्यास…’, ‘तिम्रो नजरको…’ र ‘बिहानीको…’ जस्ता छ वटा गीत समावेश गरिएको छ ।
सुरेश अधिकारी, शंकर थापा, हरि लम्साल र शिखर सन्तोषको संगीत रहेको यो एल्बममा रहेका गीतलाई शितल कादम्बिनी र रावतले लेखेका हुन् । युथ क्रिएशनले बजारमा ल्याएको यस एल्बममा रहेका ‘तहल्का…’ र ‘खै कस्तो…’ गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

तहल्कालाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् जसमा पुष्प खड्का र शिल्पा पोखरेलले अन स्क्रिन रोमान्स गरेका छन् भने खै कस्लेलाई आशिष लामाले निर्देशन गरेका छन् जसमा कृष्ण थापा र कृष्टिना थापाले अभिनय गरेका छन् ।

 

प्रतिक्रिया