अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

अमेरिकामा छोरालाई गाडीमा छोडदा मृत्यु भएको आरोपमा अदालतले पितालाई आजिवन कारावासको सजाय

बिआरटीनेपाल २०७३ मंसिर २० गते २१:१९ मा प्रकाशित

अमेरिकाको अदालतले अमेरिकाको एटलांटा सहरको उपनगरका एक व्यक्तिलाई आफ्नो आफ्नो २२ महिनाको छोरालाई गाडीमा छोडी तातो घाममा राखी मृत्यु भएको आरोपमा आजिवन कारावास सजाय तोकेको छ ।

जस्टिन रोस हयारिसलाई सन् २०१४ मा उनले आफ्नो २२ महिनाको छोरालाई ७ घंटा सम्म तातो गाडीमा छोड़ेर काममा गएकोले मृत्यु भएको थियो l हयारिसलाई अझ ३२ वर्ष सजाय थप गरिएको छ भने अरू अन्य चार अभियोग लगाइएको छ । ३६ वर्षका हयारिसलाई आज अदालतमा सजाय सन्देश सुनाईएको समाचार सिएनएनले लेखेको छ l

जीवन भर को सजाय बाहेक कब काउन्टी (प्रदेश) उच्च अदालतका न्यायाधीश मेरिस्टाले क्लार्कले हयारिसलाई २० वर्ष बालकलाई प्रथम श्रेणीको क्रूरताताको साथ मारेको तथा १० वर्ष अन्य यौन शोषण सम्बन्धी सजाय सुनाएको छ l

यस् बाहेक उनले हरेक वर्ष दुई वटा खराब आचरण तथा अपराधको आरोपमा सजाय पाउने छन् l उनले आफ्नो सञ्चार माध्यम बाट हानिकारक चिजहरु नाबालिकलाई सन्देश दिई हानि पुरयाएकोमा उनलाई त्यो समेत् थप हुने छ l

हयारिसका वकिलले बालकको मृत्यु एउटा दुखदायी घटनाको हो भनेका छन् l तर उनीहरूले नयाँ कदम बढाउने पनि सोच भई रहेको जनाएका थिए l उनले आफ्नो छोरालाई हुनडाई (हनडे )टकसन् गाडीमा जानी जानी गाडी बाहिरबाट बंद गरेर काममा गएका थिए l र उनी परिवारिक उतरदायि बाट मुक्त हुन चाहेको अभियोग वादीले लगाएका छन् l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू