अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

तामाङ सोसाइटी अफ अमेरिकाले ल्होछार आगामी जनवरी २८ मा न्यु योर्कमा मनाउने

बिआरटीनेपाल २०७३ मंसिर २० गते २१:०० मा प्रकाशित

न्यु योर्क । तामाङ सोसाइटी अफ अमेरिकाले यस वर्षको ल्होछार आगामी जनवरी २८ मा न्यु योर्कमा धुमधाम साथ मनाउने भएको छ । “तामाङ सास्कृतिक एवं बौद्ध केन्द्रको चाहाना भाषा, धर्म र संस्कृतिको जर्गेना भन्ने नाराका साथ सोसाइटीले विशेष सास्कृतिक कार्यक्रम सहित ल्होछार मनाउन लागेको हो । कार्यक्रमको संयोजन सोसाइटी अन्र्तगतको तामाङ सास्कृतिक एवं बौद्ध केन्द्रले गर्ने छ ।

सोसाइटीका अध्यक्ष शान्तबाबु थोकरका अनुसार ल्होछारका उपलक्षमा यस पटक फाइभ स्टार इभेन्ट हल लङआइल्याण्ड सिटीमा भव्य सास्कृतिक कार्यक्रमको आयोजना गरिने छ । यस अघि ज्याक्सनहाइट वरपरका साना हलमा सास्कृतिक कार्यक्रम सहित ल्होछार मनाउदै आएको सोसाइटीले यस पटक फराकिलो ठाँउ रोजेको हो । tamang-l-3

कार्यक्रममा सहभागिहरुको सुविधाका लागि फाइभ स्टार हल रोजिएको अध्यक्ष थोकरको भनाइ छ । “न्यु योर्क र आसपासमा तामाङ समुदायको बसोबास बाक्लिदै आएको छ, ल्होछार हाम्रो मुख्य चाड हो, सबै जना रमाइलो गर्नका लागि कार्यक्रम स्थलमा आउने हुन, तर यस अघि हल सानो हुँदा धेरै गुनासा आएको हुँदा हामीले यस पटक सबैको सुविधाका लागि ठुलो हलमा कार्यक्रम आयोजना गर्न लागेका हौ ।” कार्यक्रममा पाँच सय भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।  tamang-l-2

कार्यक्रमका लागि नेपालबाट नै ख्यातिप्राप्त कलाकार आउने भएका छन् । यस्तै न्यु योर्कमा रहेका कलाकारले पनि तामाङ सस्कृति जगेर्ना गर्ने कार्यक्रम प्रस्तुत गर्ने छन् । अध्यक्ष थोकर यस पटक ल्होछारमा आयोजना हुने सस्कृतिक कार्यक्रमको लक्ष्य बृहत् भएको बताउछन् । “सोसाइटीले धेरै अघि देखि न्यु योर्क आसपासमा सास्कृतिक भवन बनाउने योजना बनाए पनि, स्रोत नजुट्दा त्यसले अझै मुर्त रूप लिन सकेको छैन, यस पटकको ल्होछारमा हुने नाफा रकम तामाङ सास्कृतिक एंव बौद्ध केन्द्रको भवन निर्माणमा खर्च हुने छ ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू