अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१० | Colorodo: 21:25

लस एन्जलसमा नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०७३ मंसिर २० गते १७:५६ मा प्रकाशित

लस एन्जलसमा नेपाल अमेरिका एकता समाजले आफ्नो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ । अमेरिकामा च्याउ उम्रे जसरी संस्था उमार्ने र त्यस्को व्यवस्थापन गर्न नसक्ने अधिकांश संस्थाका संचालकहरुको लागि यो एक सबक बन्न पुगेको छ ।

संस्थाका कार्यकारी सदस्य तथा कुशल कार्यक्रम उद्घोषक चक्रपाणी मिश्रले सञ्चालन गरेको सो कार्यक्रमको प्रमुख आतिथ्य नेपाल सरकारका बन तथा भु-संरक्षण मन्त्री शङ्कर भण्डारीले गरेका थिए । हामीले स्वदेशमै रोजगारी दिन नसके पछि अवसरको खोजीमा विश्वका कुना-कुना सम्म नेपालीहरू पुगेका छन् । परदेशी भूमिमा बगाएको रगत पसिनले कमाएको पैसा तपाईँहरूले नेपाल पठाउनु हुन्छ । उक्त रेमिट्यान्सले देश चलाएका छौँ । तर तपाईँहरूलाई उचित सम्मान गर्न नेपाल सरकार चुकेको कुराको महसुस गरी आफ्नो गल्ती सच्याउने प्रण आज यही मन्चबाट गर्दछु भनी बाचा गरेका थिए । la4

मन्त्रीसँगै उपस्थित सभासद् राजु थापाले मन्चमा बोल्ने क्रममा नेपाल अमेरिका एकता समाजले विभिन्न स्वभाव र सिद्धान्त बोकेका लस एन्जलसबासीहरुलाई एकताको सूत्रमा बाँध्न सफल भएको देख्दा नेपालमा पनि यो मोडेल अपनाउनु पर्ने जरुरत देखिन्छ भने ।

आयोजक संस्था नेपाल अमेरिका एकता समाजका अध्यक्ष सूर्य प्रसाइको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लसएन्जलस वरीपरीका विभिन्न सङ्घ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

स्थानीय समाजसेवी तथा संस्थाका आजिबन सदस्य राजेन्द्र शिबाकोटीको स्वागत मन्तव्यबाट सुरुभएको उक्त कार्यक्रमा पत्रकार तथा नेजाका निबर्तमान सचिब सुदिप पन्तले संस्थालाई यो उचाइ पुर्‍याउन सफल अध्यक्ष सूर्य प्रसाई लगायत सम्पूर्ण टिमलाई बधाई तथा धन्यवाद व्यक्त गरेका थिए । la5

वर्षभरि संस्थाले गरेका गतिविधिहरू र प्रगति विवरणको जानकारी महासचिव डोल्मा लामाले गराएकी थिइन भने आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष अन्जना बस्नेतले गरेकी थिइन ।

आर्टेसिया स्थित तारा हिमालयन कुजिनमा सम्पन्न सो कार्यक्रममा संस्थाका साधारण आजीबन् सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । अन्तमा ब्यस्थताका बाबजुत समय निकालेर उपस्थित भएर कार्यक्रम सफल बनाईदिनु भएकोमा सबै सङ्घ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, समस्त साधारण र आजीबन् सदस्य लगायत पत्रकारहरुलाई धन्यवाद दिँदै संस्थाका अध्यक्ष तथा उक्त समारोहका सभापति सूर्य प्रसाईले कार्यक्रम बिसर्जन भएको घोषणा गरेका थिए ।

la21

la20

la19

la17

la18

la16

la15

la13

la14

la11

la12

la10

la9

la8

la6

la3

la2

la

प्रतिक्रिया