अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

क्यालिफोर्नियाको सन्नीभेलमा एनआरएनको टाउनहल मीटिंग

बिआरटीनेपाल २०७३ मंसिर २० गते ०:५१ मा प्रकाशित
गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का  उपाध्यक्ष भवन भट्ट आगामी हप्ता सान फ्रान्सिस्को बे एरियाको भ्रमणमा आउनुहुने भएकोले सोही दिन  डिसेम्वर ८ का दिन टाउनहल मीटिंगको आयोजना गरिएको छ । एनआरएनए अमेरिकाले यसरी टाउनहल मीटिंग गरि एनआरएनको सदस्यता वितरण गर्न अमेरिकाको चारवटै क्षेत्रका क्षेत्रीय उपाध्यक्षहरूलाई जीम्मा लगाए वमोजिम क्यालिफोर्निया स्थित सन्नीभेलमा पनि गर्न लागिएको हो ।
त्यसै आउदै गरेको एनआरएनएको चुनावलाई मध्य नज़र राखी निस्पक्ष सदस्यता वितरण गर्नुपर्ने कुरालाई आत्मसात गरि एनआरएनए अमेरिकाले टाउनहल मीटिंगको प्रावधान गरेको हो । त्यसैले सो दिन क्यालिफोर्नियाबासी गैह्र-आवासीय नेपाली, संचारकर्मी प्रतिनिधि एवं विभिन्न नेपाली संघ संस्थाका अध्यक्षज्यूहरूलाई उक्त अन्तरक्रिया  तथा एनआरएन अमेरिकाको सदस्यता वितरण टाउनहल मीटिंगको कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा वढाई सदस्यता समेत लिन पनि एनआरएनए परिवारले अनुरोध गरेको छ ।
कार्यक्रमस्थल: 
Vara Restaurant 
250 E Java Dr , Sunnyvale , CA 94089

कार्यक्रम मिति: December 08 , 2016 
समय:बेलुकी ५:३० बजे
( NRN NCC USA  and California Chapter family)
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू