अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

दक्षिण कोरियाली राष्ट्रपतिविरूद्ध लाखौँ जनता सडकमा

बिआरटीनेपाल २०७३ मंसिर १९ गते २०:३० मा प्रकाशित

दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यूज हेको भ्रष्टचार काण्डलाई लिएर विगत छ हप्तादेखि जारी विशाल विरोध सभामा शनिवार पनि लाखौँ जनताले सहभागिता जनाए । कोरियालीहरुले प्रदर्शन गरी राष्ट्रपति पार्कलाई पदबाट हटाउने र उहाँमाथि लागेको अनियमितता सम्बन्धी आरोपमा पक्राउ गर्नृुपर्ने मागसहित सहभागिता जनाएका हुन् ।

korea3

दक्षिण कोरियाली संसद्मा राष्ट्रपति विरुद्ध यहाँका प्रतिपक्षी दलले महाभियोग प्रस्ताव दर्ता गरेपछि महाभियोग प्रस्तावमाथि आगामी शुक्रवार मतदान हुनुभन्दा पहिले भएको प्रदर्शनमा यस पहिलेजस्तै विशाल जनसमर्थन देखिएको हो ।

संसद्बाट प्रस्ताव पारित भए पनि नभएपनि पार्क कोरियाली इतिहासमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुनुहुनेछ जसले आफ्नो पाँच बर्से कार्यकाल पूरा नगरिकनै बिदा हुनुहुनेछ । चौसठ्ठी–वर्षीय पार्कले आफ्ना साथीसँग मिलेर राज्यशक्तिको दुरुपयोग र जालसाजी गरेको आरोप लगाइएको छ । उहाँले आफै सत्ताबाट हट्नुहुनेछ वा उहाँलाई पदबाट हटाइने छ भन्ने विषयले विशेष चर्चा पाइरहेको छ ।

शनिवार बिहान संसद्मा पेस गरिएको अविश्वासको प्रस्ताव संसद्मा दर्ता गर्दा १७१ सांसदको हस्ताक्षर रहेको छ । महाभियोग प्रस्ताव पासहुन दुईतिहाई सदस्यले पारित गर्नुपर्छ । कोरियाली राष्ट्रिय सभामा ३०० सदस्य रहेका छन् ।

korea5

korea4

korea2

korea

तस्बिरहरू: एपि/एएफपि/रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू