अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

म्याकडोनाल्ड (McDonald’s) को बिग म्याक बनाउने सृष्टिकर्ता जिम डेलिगाटि को ९८ वर्षमा मृत्यु

बिआरटीनेपाल २०७३ मंसिर १८ गते ९:१६ मा प्रकाशित

अमेरिकन फास्ट फुड (तेज आहार) मध्ये कै विश्व प्रसिद्ध म्याकडोनाल्डमा अत्यधिक चल्ने बिग म्याक का सृष्टिकर्ता को मृत्यु गत नोवेम्बर २८ तारिख ९८ वर्षको उमेरमा मृत्यु भएको छ l

म्याकडोनाल्डका प्रवक्ता केरी फोर्डले उनको मृत्यु आफ्नो निजी निवास पिट्ट्सबर्गमा भएको जानकारी दिएका छन् l गत बुधवार नोवेम्बर ३० तारिखमा आफ्ना नातेदार तथा साथीभाईको उपस्थित बिच जिम डेलिगाटि हामी बिच नरहेको बताएका थिए l

डेलिगाटिले आफ्नै निर्माण गरेको उक्त बिग म्याक म्याकडोनाल्डको सर्वाधिक बिक्री हुने म्याकडोनाल्ड कै खाद्य सूचीमा झन्डै ५० वर्ष सम्म चलि रहेको छ l पेन्सलभानिया निवासी जसले म्याकडोनाल्ड १९६० मा युनियन सहरमा विशेष विक्रय अधिकार लिएका थिए l उन्ले काम गर्दा गर्दै उनले केही सामग्री थपेर उक्त बिग म्याक बनाएर प्रयोग गरेका थिए l

प्रारम्भिक चरणमा यसलाई उनले सन् २००६ मा दिएको एक अन्तर्वार्तामा पहिला आफूले बनाएकोलाई म्याक डोनाल्डले विरोध गरेको बताएका थिए l र उन्ले बिस्तारै आफ्नो पसल ४७ स्थानमा खोल्न सफल भएका थिए भने १९६८ सम्म उनको बिग म्याक अमेरिकाका सबै म्याक डोनाल्ड चमेना गृहमा उपलब्ध भई सकेको युएस टुडेले लेखेको छ l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू