अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

अमेरिकामा घर किन्नु अघि अपनाउनु पर्ने सतर्कताहरु

बिआरटीनेपाल २०७३ मंसिर १८ गते ९:०२ मा प्रकाशित

घर त किन्नुहोस तर गुमाएर एपार्टमेन्टको बास चाही नहोस फेरि अमेरिकामा……….

के तपाइहरु अमेरिकामा आफ्नै नाममा घर किन्ने तरखरमा हुनुहुन्छ? के तपाइ भाडा, रेन्टको अपार्टमेन्ट वा घर वा कोठामा बस्दा बस्दा थाकेर आफ्नै कुटि खरिदमा लागिरहनु भएको छ? भन्नेले भनिदेलान, सुनाइदेलान, उताका फलानाले पनि घर किनेछ, यताका फलानाले पनि घर किनेछ, पार्टी, भोज भतेर, नाचगान, खानाबजाना भेटघाट, खाजा भेटघाटमा चर्चा चल्ला कि हामीले त भर्खरै घर किनेको यति कोठाको उति कोठाको, हामीले त पोहोर साल नै घर किन्यौ, कहाँ भाडा बुझाइरहने, बरु बुझाएको भाडा त बरु बैङ्कको ऋण वा इनस्टलमेन्ट बुजाउदा कालान्तरमा नाफा वा आफ्नै हुन्छ, म यति कमाउछु उति कमाउछु यस्तो र उस्तो घर मेरो च्वाइसमा छ, भर्खर घर हेरेर आएको घर मन पर्‍यो जस्ता चर्चा चल्ने गर्दछ नेपाली नेपालीमा अमेरिकामा। तर कहिल्लै पनि यो सुन्नु हुन्न कि घरको ॠण तिर्न नसकेर वा घरको किस्ता बुझाउन नसकेर घर बैङ्कले सकारेछ, लिएछ, कब्जा गरेछ लिलाम भएछ घर छोड्नु परेछ सितिमिति घर किनेको जस्तो समाचार घर गुमाउनु पर्दा कसले पो भन्छ र? तर अमेरिकामा विभिन्न कारणले किनेको घर गुमाउन पुगेका छन् नेपालीहरूले उनीहरूकै चालचलन, अब्यबस्थापन, आर्थिक आया आर्जनको अनिरन्तरता वा आयाअर्जनमा हुने कमी वा जागिर वा आम्दानीको स्रोतमा धक्का लागेपछि ।

लामो कुरा नगरिकनै भन्नु पर्दा यदि घर किन्दै हुनुहुन्छ भने किन्ने सुरसारमा हुनुहुन्छ भने वा सोचिरहनु भएको छ भने कृपया यी कुराहरूमा ध्यान दिनुहोला जसले तपाईँलाई धेरै सजग बनाओस र घर किने पछि ता कि गुमाउन नपरोस तिर्न नसक्दा ।

सबैभन्दा पहिले ठाउँ र राज्य अनुसार फरक हुनसक्छ र बैङ्क अनुसार फरक पर्न सक्छ कम्तीमा २ देखि ३ वर्षसम्मको कर दाखिला गरेको, तपाईँले काम गरेको पे रोल र आम्दानीको लेखा र तपाइको आर्थिक कारोबार सहितको कर तिरेको रेकर्ड आवश्यक पर्दछ घर किन्नका लागि यदि तपाइ बैङ्कको लोन लिएर घर किन्दै हुनुहुन्छ भने ।

यदि सबै नगद हालेर किन्न लाग्नु भएको छ भने ट्याक्स फाइलको आवश्यकता पर्दैन । तर तपाईँले सबै नगदमा किन्न लाग्नु भएको छ र तपाइको आर्थिक आम्दानी पारदर्शि छैन भने तपाईँले नगदमा किनेको घरले तपाईँलाई जोखिममा पार्न सक्दछ र आन्तरिक राजस्व कार्यालय आइ आर एसले तपाइको आम्दानी कानुनी नदेखेमा तपाइको घर कब्जा गरिदिन्छ र तपाईँलाई जेल चलान गर्नेछ । ख्याल गर्नु होला अमेरिकामा अहिले मनि लन्डरिङ्ग सिस्टमलाइ कडाइ गर्दै गैरहेको छ। तपाइको कारोबार ९९९९ भन्दा बढी डलर नगदमा खेलाउनु भयो बैङ्कमा जम्मा गर्नु भयो तर आम्दानीको स्रोत खुलाउन सक्नु भएन भने फ्रि राइड अर्थात् जेल जान तयार हुनुहोस अब देखि आर्थिक र नगद कारोबारको कानुनी हैसियत लिन सक्नु भएन भने तपाईँलाई मुद्रा अपचलन र आर्थिक कन्सिपेरेसिमा जाकिदिनेछ। होस पुर्‍याउनु होला अब देखि ।

अब भाडामा बस्दा तपाइले घरको बिमा तिर्नु परेन, भत्केको बिग्रेको, सामान्त लाइट टुब वा कुनै जालि वा एसि फिल्टर जस्ता चिज बाहेक महङ्गा र बढी मूल्य र खर्च हुने मर्मतमा तपाईँले तिर्न परेन, बाथरुम प्लम्बिन्ङ वा किचन एसि, छाना, पार्किङ्ग लट वा कुनै फ्लोर वा फोहोर गार्बेज आदिको तपाईँले तिर्नु परेन मात्र भाडा र कहीँ कहीँ बिजुली बत्ती पानी गार्बेजको बाहेक आर्थिक लायाबिलिटिज वा भार तपाइको काध माथि परेन भने भयो। कुनै लाइटिनिन्ङग, स्ट्रम वा फ्लडिङ्गको जोखिम र खर्च तपाईँमा आइपरेन। भाडामा बस्दा ठाउँ सागुरो हुने हुँदा घर भर्न आवश्यक पर्ने सरसामानहरु तत्कालका लागि जुटाउन नपर्ने हुँदा कम खर्च भयो र तपाईँले मासिक थेग्न पनि सक्नु भयो ।

घर करेसा बारी नहुदा त्यस बापतको मर्मत र रेखदेख खर्चमा पनि कमी भयो। र साप्ताहिक, अर्ध साप्ताहिक वा मासिक वा दैनिकि आम्दानीले घरको भाडा पनि थेग्न कुनै झञ्झट भएन पनि। ठाउँ ठुलो हुँदा पाहुनापासा पार्टी भोज आदिको अतिरिक्त खर्च नगर्नु पर्ने हुँदा जिबनशैलि सहज हुनसक्छ अमेरिकामा तर तपाइसङ्ग सेभिन्ङ छैन एक दुई महिना काम नगर्दा पनि तपाईँले बैङ्कको किस्ता तिर्न तपाइसङ्ग डलर खातामा छ भने ठिकै छ तर घाटि घाटि पे चेक टु पे चेकमा बाचिरहनु भएको छ भए चाहिँ बिचार गर्नु होला घर किन्न। छिमेकी वा भऐसाथि सधियारेले घर किन्यो र म पनि किन्छु भनेर आफ्नो हैसियत बिनै, आम्दानी बिनै, घरमा एक्लै मात्रै आम्दानीको स्रोत भएकाले धुरि चढ्ने काम नगर्नु होला ।

घरमा एउटा प्लम्बिङ्ग, धारा, बाथरुम, लिकिङ्ग मर्मत गर्न मानिस बोलाउनु पर्‍यो भने र तपऐ आफू फिक्स गर्न सक्नुहुन्न भने बोलाएको मानिसको अर्जेन्ट चार्ज सहित सामान र लेबर चार्ज कम्तीमा ४ सय डलर घटि पर्ने छैन जुन तपाइको वा अधिकाशको अमेरिकामा कर काटेर लगभग एक वा डेढ हप्ताको कमाइ हो त्यो मर्मत खर्च एक समयको। अपर्झट मर्मत, घरको पर्पर्टि कर यदि सिटिमा छ भने काउन्टि र सिटिको दोहोरो कर, बिमा, मर्मत, घरको समय समयको सिङ्गार पटार र नदेखिने खर्च, घरको डेकोरेशन, पार्टी, पाहुनापासा आदि सबैको जोड्दा तपाइसङ्ग मनग्गे आम्दानी छ, परिवारका सदस्यहरूको पनि शेयरिन्ङ सपोर्ट छ, सबैजना काम र आम्दानी गर्छन् र आम्दानी नियमित छ। तपाइ बैङ्क वा सरकारी सहुलियत वा आधारभूत आवश्यकताको एडभान्टेज र प्रिभिलेज प्राप्त गरिरहनु भएको छ र घर किन्दा २०% भन्दा बढी नै डाउनपेमेन्ट गरी मासिक किस्ता सहज र सस्तो बनाउनु भएको छ र तपाइको राम्रो क्रेडिट स्कोरले कम ब्याजदरमा लोन प्राप्त गर्नु भएको छ भने बेग्लै तर घर किनेर किस्ता र मर्मत सम्हार गर्न तपाईँले थेग्न सक्नु हुन्न भने चाहिँ अहिलेलाई त्यो हैसियत नबनाएसम्म भाडामै बस्नुहोस।

घर किन्दा तपाइको मोर्गेज पेमेन्टले तपाइको क्रेडिट स्कोर ह्वात्तै माथि त पुर्याइदिन्छ तर एक महिना मात्र पनि किस्ता बुझाउन सक्नु भएन र ढिला पेमेन्ट भयो र ढिलासुस्ति गर्नु भयो भने चाहिँ तपाईँलाई नराम्ररि दोबारिदिन्छ उठ्नै नसक्ने गरी। तपाईँले क्रेडिट अस्तब्यस्त हुनेछ। अमेरिकामा आर्थिक व्यवस्थापन गर्न नजान्दा, मात्तिदा, मनपरि गर्दा, आम्दानीको स्रोत तलमाथि हुँदा धेरै नेपालीले घर गुमाएका छन् अमेरिकामा। भाडामा बस्ने अनि दीर्घकालीन सोच नपाल्ने हतारिएर मच्चिएर घर किन्ने र किस्ता बुझाउन नसकेर घर गुमाउने र फेरि भाडाको एपार्टमेन्टमा सर्न पर्दाको बिरक्तिपनलाइ रोक्न समयमै दीर्घ र गम्भीर भएर सोच्दा राम्रो। अर्को कुरा तपाइको मन मष्तिस्कमा के भिजोस भने कसैले उचालि दिएको भरमा, देखासिकिको भरमा, उसले वा उसको परिवारले त घर किनेछ वा फलानो त एपार्टमेन्टबाट नयाँ घरमा सरेछ, फलानो त त मनग्गे कमाएर आफ्नै घरमा सरेछ, फलानोको त आज घर सरेकोमा पूजा रे, फलानो ढिसानोको घर यस्तो उस्तो भनेर हुने गर्ने हाम्रा सामाजिक, पारिवारिक चर्चाले तपाईँलाई इमोशनमा ल्याउन सक्छ र आफ्नो हैसियत, कमाइ, भविष्यको कमाइको निरन्तरता र मोर्गेजको पेमेन्टको निस्चिन्ततालाइ तपाईँलाई गम्भीर बनाउन सकेन र लहडमा तपाले घर किन्ने गल्ती गर्नु भयो भने तपाइको यो भन्दा ठुलो गल्ती जीवनमा अर्को हुने छैन ।

मुख्यत ठुला सहर वा महङ्गा राज्य वा सहरमा तपाईँले गर्दै आएको दुखजेलोको कमाइले तपाइको घर किन्ने वा पर्पर्टि किन्ने सपना अधुरै रहन सक्दछ। महङ्ग सहरमा मूल्य यसै त बढी नै हुन्छ अर्कोतिर सिटि, काउण्टि र राज्यको कर दरले तपाइको ढाड सेक्न सक्छ र भविष्यमा पेमेन्टको हैरानिले तपाइ र तपाइको परिवारमा स्ट्रेस सिर्जना गरी जीवन डामाडोल गरिदिन सक्दछ। यदि तपाइ स्वस्थ, कम खर्चिलो, कम कर भएको, एफोर्डेबल राज्य, काउण्टि वा कन्ट्रिसाइडमा गै सस्तो, शान्त र कमाइ हुने साना व्यवसाय गरी त्यही ठाउँमा नै घर किनि सस्तो र एफोर्डेबल घर किनि बस्न सक्नुहुनेछ अमेरिकामा। अमेरिकामा तपाइ जहासुकै बस्नोस, जुन राज्यमा बस्नुहोस सेवा सुविधा र गुणस्तरियता उस्तै उस्तै हो। सहरमा बसेर एकछिनको न्यानो मात्रै हो। तपाइको पर्पर्टि किन्ने, घर किन्ने, जग्गा किन्ने र व्यवसाय किन्ने र आफूलाई गुणस्तरिय जिबनयापनका लागि अमेरिकाको ठुला सहर भन्दा ग्रामीण भेग, भित्री राज्यहरू, कन्ट्रिसाइड तिर भोलि बाटै लाग्नुहोस सम्ब्रिदिशालि बन्ने तपाइको सपना अमेरिकाको ठुला सहरले दिदैन।

आबेगमा आएर कमाइलाइ नहेर्ने र हुँदा, सक्दा र स्वास्थ्यले साथ दिदाको आबेगले भोलि सेभिङ्ग नभएका ब्याक्ति, परिवार र भोलि स्वास्थ्यले साथ नदिदा र कमाउन नसक्दा घर र पर्पर्टि तपाइका लागि घाडो हुनसक्दछ र गुमाउदा सर्वस्व गुमाउन सक्ने हुँदा अहिले नै आफ्नी आर्थिक क्षमता, कमाइ र भविष्य एबम स्थान हेरी घर खरिद गर्न अमेरिकामा बस्ने नेपाली दाजुभाइ, दिदी बहिनीहरुलाइ अनुरोध मात्रै नभएर सुझाव पनि दिन चाहन्छु ।

प्रतिक्रिया