अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

डा. केसीको ज्यान भन्दा आफ्नो पद प्यारो नभएको भन्दै केपी सिंहद्वारा डीनबाट राजीनामा

बिआरटीनेपाल २०७३ मंसिर १७ गते ६:१३ मा प्रकाशित

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्रा. डा. केशवप्रसाद सिंहले आफ्नो पदवाट राजीनामा दिएका छन् । अनशनरत प्रा.डा. गोविन्द केसीको जीवन भन्दा आफ्नो पद प्यारोे नभएको भन्दै सिंहले राजिनामा दिएका हुन् ।
त्रिवि उपकुलपति डा. तीर्थ खनियाँसमक्ष राजीनामा पत्र बुझाएका सिंहले डा. केसीको ज्यान भन्दा आफ्नो पद प्यारो नभएकाले राजीनामा दिएको बताउँदै प्रा. डा. सिंहले डीन पदबाट आफ्नो राजीनामाले मात्रै समस्याको दीर्घकालीन रुपमा समाधान नहुने पनि बताए ।

डा. केसीको अनसनले आफूलाई राजीनामा दिन चौतर्फी दबाब आएपछि मेरो राजिनामाले डा. केसीको जीवन रक्षा हुन्छ भने पदबाट हटिदिनु उपयुक्त देखेर राजिनामा दिएको प्रस्ट पारे ।

त्रिवि उपकुलपति कार्यालयले प्रा.डा. सिंहलाई गत कात्तिक २८ गते आइओएमको डीनमा नियुक्त गरेको थियो। तर, त्रिविका प्रा.डा. गोविन्द केसीले बरिष्ठताका आधारमा डीन नियुक्ति गर्नु पर्ने बताउँदै आमरण अनशनमा थालेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू