अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

सिपी मैनालीले ‘प्रचण्ड’लाई ‘बहुला’ कुकुरले टोकेको भनेपछि संसद्‍मा हंगामा,संसद बैठक सर्यो

बिआरटीनेपाल २०७३ मंसिर १७ गते ४:१९ मा प्रकाशित

व्यवस्थापिका संसदको बैठक शुक्रबार पनि अवरुद्ध भएको छ । नेकपा मालेका सांसद सिपी मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बहुला कुकुरले टोकेको भन्ने अभिव्यक्ति दिएपछि व्यवस्थापिका संसद्‍मा सुरु भएको हंगामा र  अन्य बिषयमा पनि सांसदहरुको कुरा नमिलेपछि संसदको बैठक शुक्रबार पनि अवरुद्ध भएको हो ।

मैनालीले संसदीय मर्यादा विपरितको भाषा बोलेको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमआपत्ति जनाएपछि संसद्‍मा हंगामा भएको थियो।
सांसद् खतिवडाले आपत्ति जनाएलगत्तै मैनालीले आफूले कसैलाई नभनेको भन्दै स्पष्टिकरण दिए । ‘मैले मान्छेलाई भनेको होइन’, मैनालीले भने ।

संसद मैनाली स्पष्टिकरण दिए पनि उनको बोलीलाई लिएर हंगामा भएपछि सभामुख ओनसरी घर्ती मगरले उक्त भनाइ संसदीय रेकर्डबाट हटाउन निर्देशन दिइन् ।

रेकर्डबाट हटाउने निर्देशनपछि सुरु भएको बैठक एमाले सांसद्‍ले अवरुद्ध गरेपछि आइतबारसम्मका लागि स्थगित भएको छ ।

सरकारले संसद्‍मा पेश गरेको संविधान संशोधन सम्बन्धी विधेयकको प्रस्ताव राष्ट्रघाती भएको भन्दै बिहीबार समेत एमालेले संसद् अवरुद्ध गरेको थियो ।अवरुद्ध संसंद बैठक आईतवार १ बजे बस्ने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू