अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

विमान दुर्घटनामा खेलाडीको मृत्यु भएपछि ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा

बिआरटीनेपाल २०७३ मंसिर १६ गते ९:२९ मा प्रकाशित

दुर्घटनाग्रस्त विमान । तस्बिरः एपी

ब्राजिल सरकारले विमान दुर्घटनामा परी फुटबल प्रतियोगितमा सहभागी हुन जाने क्रममा खेलाडीको मृत्यु भएपछि तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले दुर्घटनाको खबर पाए लगत्तै राष्ट्रिय शोकको घोषणा गरेका हुन् । दक्षिण अमेरिकाको ठुलो मानिएको कोपा सुदामेरिकाना खेल्न बोलिभियाबाट खेलाडी लिएर उडेको विमान कोलम्बियाको मेडेलिन सहरको कोरो गार्डेन भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो ।

विमान डाँडोमा ठोक्किदा विमानमा सवार ७६ जनाको मृत्यु भएको छ । ८१ जना सवार विमानबाट पाँच जनाको जीवितै उद्धार गरिएको छ । दुर्घटनामा ब्राजिलको ए डिभिजन क्लब चापेकोइन्सका खेलाडी सवार थिए ।

दुर्घटनापछि दक्षिण अमेरिकी फुटबल महासङ्घले कोपा सुडामेरिकन फुटबलको फाइनल खेल स्थगित गरेको छ । ‘हे ईश्वर, त्यो विमानमा हाम्रा खेलाडी, पदाधिकारी, पत्रकार र हामीले निम्तो गरेका विशिष्ट व्यक्तिहरू सवार थिए । हामी उनीहरूको कुशलताको कामना गर्दछौँ’, विमान दुर्घटनाको समाचार सार्वजनिक भएलगत्तै ४५ वर्ष पुरानो क्लब चापेकोन्सका उपाध्यक्ष ईभान टोज्जोले भनेका छन् । चापेकोन्स सन् २०१४ मा पहिलो पटक ब्राजिलको ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।

नेपाली समय अनुसार मङ्गलवार बिहान करिब नौ बजेर ४५ मिनेट जाँडा मेडेलिन विमानस्थलको नियन्त्रण कक्षसँग विमानको सम्पर्क बिच्छेद भएको थियो । उड्डयन प्राधिकरणका अधिकारीले उक्त विमानमा विधुतीय समस्या आएका कारण विमानस्थलको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको जनाएका छन् ।

जीवितै उद्धार गरिएका मध्ये एक चापेकोन्सका डिफेन्डर एलन रस्चेल रहेको समाचारमा जनाइएको छ । टोलीका गोलरक्षकद्वय ज्याक्सन फोलम्यान पनि जीवितै रहेको बताइएको छ । यसै गरी टोलीका अर्का डिफेन्डर हेइलो नेटोलाई पनि जीवितै उद्धार गरिएको समाचारमा जनाइएको छ । टोलीका पहिलो रोजाइका गोलरक्षक मार्कोस डानिलोलाई समेत जीवितै उद्धार गरिए पनि उचारका क्रममा उनको निधन भएको छ । ब्राजिलका राष्ट्रपति माइकल टेमरले फुटबल खेलाडी सवार विमान दुर्घटनाको समाचारबाट आफू स्तब्धः भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्मानमा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको उल्लेख गरेका हुन् ।

यसै गरी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाका खेलाडीले पनि आफ्नो नियमित अभ्यास बीचैमा रोकेर मौन धारण गरेका छन्

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू