अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

अमेरिकाको सुबिधामा भन्दा कयौं गुणा खुशी आफ्नो देशका बालबालिकालाई सहयोग गर्दा मिल्दो रहेछ-आर.सी.पन्त

बिआरटीनेपाल २०७३ मंसिर १५ गते ०:४६ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा रहंदै आएका रामचन्द्र (आर. सी.) पन्तले मंगलबार काठमाडौंको फर्पिङ स्थीत जीवन उत्थान बाल गृहलाई सहयोग गरेका छन् । आफु नेपाल आएको समय पारेर पन्तले जीवन उत्थान बाल गृहका ४३ जना बालबालिकालाई करिव ८५ हजार रुपैया बराबरको सहयोग गरेका हुन् ।

गत मंसिर ७ गते जीवन उत्थान बाल गृहका बालबालिकालाई आफन्तको बिबाहको बिहे भोज खुवाएका पन्तले मंगलवार बालबालकिाको लागि आवश्यक खेलकुद तथा संगीत बाध्य सामग्री बितरण गरे । मंसिर ७ गते दिनभर उक्त बाल गृहमा बिताएका उनलाई त्यहाँ रहेका बच्चाहरुले आफुलाई मन पर्ने खेलकुद र संगीत सामग्रीको बारेमा सुनाएका थिए । उनिहरुले रहर गरेका सामान लिएर पन्त दम्पत्ती र पारिवारिक सदस्य मंगलवार फर्पिङ पुगेको हो ।SONY DSC

शान्त र आत्मीय स्वभावका आर सी पन्तलाई देख्ना साथ बाल गृहका बालबालिका खुसि भएर उनिसंग झ्याम्मीएको वातावरणले देखाउँथ्यो पन्तको मनमा यी अनाथ बालबालिका प्रति प्रेम थियो । उनि बच्चाहरु संग साथी जसरी नै प्रस्तुत भै रहेका थिए । उनि पुग्दा बाल गृहका बालबालिकाहरु बाल गृह संगै जोडीएको अरुणोदय उच्च मावीमा पढिरहेकाले उनी बच्चहरुलाई कुर्न बसिरहेको समय बाल गृहकी अध्यक्ष बिमायाँ तामाङ संग यहाँ सम्म आईपुगेका सबै बच्चाहरुको पारिवारीक पृष्ठभूमि र आवश्यक परेका समस्याहरुको बारेमा बुझीरहेका थिए ।

बच्चाहरुको खाजा खाने समयको छुट्टीमा एक हुल स्कुले नानीहरु उनलाई भेट्न आईपुगे । बिमायाँ तामाङ पन्तलाई भन्दै थिईन्- ‘बच्चाहरु खुसि भएका थिए, आज तपाँई आउनु हुने कुराले ।’

पन्तले समुहमा रहेका बच्चाहरुलाई हाँस्दै सोधेका थिए, -‘मेरो नाम थाहा छ तिमीहरुलाई ?’ एउटै आवाजमा बालबालिकाले भने रामचन्द्र सर । माहौल रमाईलो बनेको थियो, आफुलाई मनपर्ने सामान आएकोले बालबालिकाहरु कोही मादल, कोही भलिवल, कोही बास्केटबल हातमा लिएर पन्तलाई थ्याङ्क यु सर भनिरहेका थिए । यो बाल गृहको बारेमा सुनेपनि यसको बारेमा थप जानकारी लिनु आवस्यक देखेर र बच्चाहरुको अवस्था बुझ््नको लागि पन्त संगै फर्पिङ पुगेकी बिआरटी नेपाल डटकमकी नेपाल प्रतिनिधी सुषमा देवकोटाले त्यो दृश्यलाई क्यामेरामा कैद गरिन् ।

SONY DSC

बच्चाहरुको टीफिन टाईम सकिएकाले उनिहरु पन्तलाई फेरी आफुहरुलाई भेट्न आउन अनुरोध गर्दै बिदा भएर पढ्न गए । त्यसपछि पन्त सहितको समुह यी बालबालिको लागि बन्दै गरेको नयाँ बाल गृह जो हाल बालबालिका रहेको बालगृहबाट करिव २०० मिटर तल छ, त्यहाँ पुग्यो । ३ रोपनी जग्गामा बन्दै गरेको नयाँ बालगृहको बारेमा अध्यक्ष तामाङ र उनिकी सहकर्मी कल्पना तिमल्सीनाले सबैलाई जानकारी गराए । त्यो जग्गा अरुणोदय उच्च माविका पूर्व प्रधान अध्यापक राम काजी बस्नेतको रहेछ । बस्नेतले बालकालिकाको लागि सहयोग होस् भनेर १ बर्ष भरिमा ३० हजार मात्र भागा तिर्नु पर्ने गरि जीवन उत्थान बाल गृहलाई दिएका रहेछन् ।

संगै रहेका बस्नेतले भने, -‘बालबालिकालाई बिद्यालयसंगै रहेको गृह अल्ली साँधुरो जस्तो भएकाले नयाँ गृह निर्माण गर्नु आवस्यक थियो । हाल बालकालिका रहेको भवन अरुणोदयकै भवन भएकोले भाडामा लिएर नै बिमायाँ तामाङले बालबालिका राखिरहेकाले त्यो साँधुरो जस्तो भएपछि मैले नयाँ गृह बनाउनको लागि आफुले सकेको सहयोग स्वरुप सस्तो दरमा भाडा लिएर आफ्नो जग्गा दिएको हुँ ।’

रामचन्द्र र उनकी श्रीमती श्यामला सिवाकोटीले यो कुरा सुनेर नयाँ जग्गाको बार्षीक ३० हजार भाडा आफ्नो ब्यक्तीगत तर्फवाट तिरिदिने बताए । साथै प्रत्यक बर्ष यहि रकमको १० प्रतिशत रकम पनि बालगृहको नाममा थप्दै जाने निर्णय सुनाए ।

पन्तले भनें-‘लामो समय देखी सुबिधा सम्पन्न देश अमेरिकामा छु । दु”ख गर्दै आएपनि अहिलेलाई आफुलाई आवस्यक सजीलो जीवन बिताएको छु खुशि नै थिएं । तर यो पटकको नेपाल बसाईमा जीवन उत्थान बाल गृहका बच्चाहरुलाई केहि सहयोग गर्ने मौका मिल्यो । मैले खर्च गरेको रकम यहाँका बच्चाहरुको अनुहारमा भेटीने खुशीको अगाडी तुलनै गर्न मिल्दैन । अमेरिकाको सुविधामा भन्दा कयौं गुणा बढि खुसि आफ््नो देशका अनाथ बालबालिकाको लागि सहयोग गर्न पाउँदा मिल्दो रहेछ ।’

पन्तले आफ्नो तर्फवाट सकेको सहयोग निरन्तर गर्ने बताउँदै अमेरिका फर्केपछि पनि नजीकका साथीहरु संग सर सल्लाह गरेर नेपालका बालबालिका, जो शिक्षा, स्वास्थ्य लगायत गास बास कपास बाट बञ्चित हुनु परेको छ उनिहरुका लागि सकेको पहल गर्ने बताएका छन् । आफु एक्लैले यो जीम्मेवारी लिंदा बच्चाहरुको लागि कुनै ठोस काम गर्न गाह्रो पर्ने भएकाले सबैले सानो सानो सहयोग गर्न हातेमालो गरिदीए यस्ता बालबालिकाले नयाँ जीवन पाउने उनको धारणा छ ।

१३ बर्ष अघि स्थापना भएको जीवनउत्थान बाल गृह हाल यस्तै सहयोगी मनहरुले दिएको रकमले चलिरहेको संस्था हो । गत बर्ष बैशाख १२ को भुकम्पमा परि बावु आमा गुमाएका साथै बिबिध कारणले अनाथ हुन पुगेका २ बर्ष देखी १७ बर्ष उमेर सम्मका ४३ जना बालबालिकाको गास बास साथै शिक्षाको जिम्मा यो संस्थाले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू