अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

उत्सव वचाउन विदेशबाट उल्लेख्य सहयोग

बिआरटीनेपाल २०७३ मंसिर १४ गते ६:५८ मा प्रकाशित

आर्थिक कठिनाईले उपचारमा समस्या भएका मोरङको पथरी शनिश्चरे ८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले उल्लेख्य सहयोग प्रदान गरेका छन् ।

हालसम्म विदेशमा रहनेहरुबाट २ लाख ८८ हजार ३५ रुपैयाँ सहयोग संकलन भएको छ । पछिल्लो पटक कुवेतमा रहेका १५ जना नेपालीले ८९ हजार ७ सय ५० रुपैयाँ संकलन गरेर पठाएका छन् ।

जिरिखिम्ती घर भएका विमल राईको अगुवाईमा संकलित सो रकम राई घर आएको बखत आज राइकै हातबाट उत्सव धिमाल बचाउ अभियान समितिका संयोजक साजन धिमाल र उत्सवका बुवा छत्रबादुर धिमाललाई हस्तान्तरण भएको छ ।

unnamed-1

यस अघि इजरायलमा रहेका पथरीशनिश्चरे ८ घई भएका मधु काङ्वाको नेतृत्वमा सहयोग संकलन गरी १ लाख १० हजार रुपैयाँ पठाएका छन् । कतारमा रहेका डिल्लीबहादुर रानामगरले ५ हजार ३ सय १५, अमेरिकामा रहेका जिरिखिम्तीका प्रदिप कटुवालले ३ हजार ७ सय ७० रुपैयाँ सहयोग पठाउनु भएको छ ।

स्थानीय एभरेष्ट माविमा कक्षा ६ मा अध्ययरत विपन्न परिवारका उत्सव ब्रेन ट्यूमरबाट क्यान्सर भएर बम्बईको टाटा मेमोरियल अस्पतालमा उपचाररत छन् । उत्सवको उपचारका लागि पथरीशनिश्चरे र बयरबनका गरी ११ वटा विद्यालय, त्यहाँका विद्यार्थी, शिक्षक र कर्मचारीबाट १ लाख ४२ हजार ३ सय ९५ रुपैयाँ संकलन भएको छ ।

ऐयावारी र रिंगुवातर्फबाट ८९ हजार ५ सय ५१, जिरिखिम्तीबाट ५० हजार ५ सय ५२, हाँस्य टेलिश्रृंखला ‘दोबाटे’बाट १० हजार रकम प्रदान भएको छ । देश र विदेशबाट गरी हालसम्म ५ लाख ३९ हजार २३ रुपैयाँ सहयोग संकलन भएको अभियान संयोजक साजन धिमालले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू