अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

ओहायो विश्वविद्यालयमा आक्रमण ,प्रहरी द्वारा संदिग्ध आक्रमणकारी मारिए

बिआरटीनेपाल २०७३ मंसिर १३ गते २०:४१ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको कोलम्बस स्थित ओहायो राज्य विश्व विद्यालयमा नोबेम्बर २८ तारिख बिहान १० बजे अगाडी संदिग्ध युवाले गरेको आक्रमणमा परि कम्तीमा १० जना घाइते भएका छन् l घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी ओहायो राज्य विश्व विद्यालयका प्रहरीले जनाएका छन् l

ती संदिग्ध युवाले ओहायो राज्य विश्व विद्यालयमा राखी राखेको अर्को विद्यार्थीको कारलाई आफ्नो कारले ठोकाएर हाम फालेर अचानक चक्कु प्रहार गर्न सुरु गरेका थिए l उनले आफ्नो गाडीले हिडेका विद्यार्थी, बटुवा तथा प्रहरीको गाडीलाई समेत ठक्कर दिए पछि सोही परिसरमा रहेका प्रहरीले संदिग्ध युवाको क्रियाकलाब देख्ने बित्तिकै साबधान गर्दै १ मिनेट भित्रमा गोली प्रहार गरी ती आक्रमणकारीलाई मारेका थिए l

मारिने सोमालियाका अब्दुल आर्टन

मारिने सोमालियाका अब्दुल आर्टन

प्रहरीका अनुसार ती युवा कुनै आतङ्कबादी जस्तै क्रियाकलाब भएकोले थप अनुसन्धान गरिने भएको जानकारी दिइएको छ l पछिल्लो जानकारी अनुसार संदिग्ध आक्रमणकारी युवा को नाम अब्दुल अलि आर्टन भएको पुष्टि भएको छ भने उनी सोमालियाका शरणार्थी भई अमेरिका आएका थिए l मारिएका ती आक्रमणकारी अमेरिकाको कानुनी स्थाई आवासीय पत्र (ग्रिनकार्ड ) भएको प्रहरीले बताएका छन् l प्रहरीले कुन मिति र कहाँबाट लिएका बारेमा बताउन चाहेनन् भनी सीबिएसले लेखेको छ l

ओहायो स्टेट विश्व विद्यालयका प्रहरी अधिकृत अलान होरुज्कले अरू थप क्षति हुन् नपाउदै उनले अब्दुललाई गोली प्रहार गरेका थिए । नजदिक रहेको अस्पतालमा भर्ना भएका सबै जना छुरी प्रहार तथा चोट पटक लागेको ओहायो स्टेट युनिभर्सिटी वेक्स्नर चिकित्सा केन्द्रका चिकित्सक एन्ड्रु थोमसले जानकारी दिएका छन् l

एक जना प्रत्यक्षदर्शी विद्यार्थीले सिबिएस समाचारलाई जानकारी गराउदै मृतक आक्रमणकारीले आफू खैरो कारमा द्रुत गतिमा हाक्दै प्रहरीको गाडी ठोक्कर दिए पछि अन्य मानिसलाई समेत कारले ठक्कर दिएका थिए भनी लेखेका छन ।

यिनै प्रहरीले गोली चलाएका थिए

यिनै प्रहरीले गोली चलाएका थिए

उनको के उद्देश्य थियो भने अहिले सम्म खुलाशा गरिएको छैन । यसै वर्ष कोलम्बस ओहायोमा एक चमेना गृहमा पनि रात्रि भोजमा आक्रमण गरिएको र त्यहाँ पनि प्रहरीद्वारा आक्रमणकारीलाई मारिएको थियो l यसै गरी गत वर्ष पनि कोलम्बसमा मोहमद भन्ने संदिग्ध व्यक्तिलाई सङ्घीय बडा न्यायालयले आतङ्कवादी समूहलाई केही सामग्री पुर्‍याउन सहयोग गरेकोमा आरोप लगाएको थियो l

झन्डै ६० हजारको सङ्ख्या विद्यार्थीहरू रहेका ओहायो स्टेट कोलम्बस महाबिद्यालय राष्ट्र कै ठुलो र कर्मचारी ज्यादा भएको विश्व विद्यालय मध्ये कै एक मानिन्छ । सन् २०१४ मा परिवार साथ मृतक अब्दुल आर्टन अमेरिका आएका थिए l १८ वर्षीय अब्दुलले सामुदायिक महा विद्यालय समाप्त गरी भर्खर मात्र ओहायो स्टेट युनिभर्सिटी प्रवेश गरेको एक जना विद्यार्थीले बताएकी छिन् l

मृतक आक्रमणकारीले कसाईले प्रयोग गर्ने छुरी मात्र बोकेका थिए र अन्य हतियार उनीसँग नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू