अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

चैनपुर-उरैं भञ्ज्यागं नयाँ पदमार्ग ‘स्टोरी टेलिगं रुट’ को आईटेनरी सार्बजनिक(तस्विरमा)

बिआरटीनेपाल २०७३ मंसिर १३ गते २३:४५ मा प्रकाशित

बझागंको सदरमुकाम चैनपुर देखि उरै भंज्यागं सम्मको पदमार्गको आईटेनरी सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि उक्त मार्गको १७ दिनको पदयात्रा आईटेनरी सार्बजनिक गरिएको हो ।  पदयात्राका क्रममा बिभिन्न ऐतिहासिक स्थलहरु, सांस्कृतिक पक्षहरु, राक्स्यो हिमाल, बिभिन्न झरना तथा सुन्दर दृष्यहरु देख्न पाईने उक्त पदमार्गको अध्ययन पश्चात गरिएको प्रश्तुतिकरणमा देखाईएको छ ।

img_2190

नेपाल पर्बतारोहण संघ—साईपाल हिमाल शाखाको अगुवाई तथा नेपाल पर्यटन बोर्ड, सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक मंच लगायतका संघ संस्थाको सहकार्यमा उक्त पदमार्गको अध्ययन गरिएको जनाईएको छ । पदमार्गको आईटेनरी सार्बजनिक गर्दै सुदूरपश्चिम क्षेत्रका पर्यटन अभियन्ता तथा नेपाल पर्बतारोहण संघ—साईपाल हिमाल शाखाका सचिव किशोर खड्काले उक्त मार्ग पदयात्राका लागि निकै आर्कषक भएको तथा स्टोरी टेलिगं रुट बन्न सक्ने बताए । खड्काले भने, यस पदमार्गका बिशेषताहरुमा प्रत्येक आधा घण्टामा बिभिन्न ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा धार्मिक पक्षसँग जोडिएका बिभिन्न किवंदन्ती र बिषय बस्तुहरुको दृष्यावलोकन गर्न पाईन्छ साथै बुझने मौका पाईन्छ यसैले पनि यसलाई हामिले स्टोरी टेलिगं रुट भनेका छौं ।

img_2152

पदमार्ग निकै आर्कषक रहेको र यहाँ पदयात्रा सँगै अन्य क्यानोईगं, रक क्लाईम्बिगंका गतिबिधिहरु पनि गर्न सकिने टानका महासचिव कर्ण लामाले बताए । टानसँग स्रोत भएसँगै यो मार्गको बिकास र थप प्रवद्र्धनमा टान क्रियाशिल बन्ने टानका अध्यक्ष चन्द्र रिजालले बताए ।
नेपाल पर्यटन बोर्ड यो पदमार्ग प्रवद्र्धन गर्न क्रियाशिल रहने तथा तत्काल पदमार्गका केहि स्थानहरुमा होमस्टे सम्बन्धि प्रशिक्षण दिन सकिने नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटाले बताए । पदमार्गमा पर्ने केहि स्थानमा स साना काठे पुल तथा सेति नदि झर्ना माथि पुल निर्माण गर्न पनि आफु पहल गर्ने जनाए ।

img_2301

चैनपुर देखि ताक्लाकोट सम्म सडक बनेपनि पदमार्गलाई कुनै असर नपार्ने सुदूरपश्चिमका पर्यटन अभियन्ता रमण श्रेष्ठले जानकारी दिए । पदमार्ग र सडक फरक फरक स्थानबाट अगाडि बढने भएकाले सडक बन्दैमा पदमार्गमा कुनै असर नपर्ने उनको ठहर छ ।
उक्त क्षेत्रको पर्यटन प्रवद्र्धन र बिकासमा आफुहरु लागि रहेको र हातेमालो गर्न तयार रहेको नेपाल पर्बतारोहण संघ—साईपाल हिमाल शाखाका अध्यक्ष कटक कठायतले बताए । उनले यो पदमार्ग सँग सँगै अन्य पदमार्ग प्रवद्र्धन र जिल्लामा पर्यटकीय गतिबिधिमा संस्था क्रियाशिल रहेको जनाए ।

img_2606

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू