अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

अमेरिकामा पशुपतिनाथ र बुद्ध मन्दिर बन्दै, सहयोगका लागि सबैमा अपील

बिआरटीनेपाल २०७३ मंसिर १२ गते ५:४९ मा प्रकाशित

अमेरिकाको लस एन्जलसमा निर्माणाधीन पशुपतिनाथ तथा बुद्ध मन्दिरको कार्य सम्पन्न गर्नको लागि सबैसँग आफू सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ ।

“मैले दान नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ? सक्नेले धेरै दान गरौँ । नसक्नेले आँफु सक्दो गरौँ । तर केही त अवश्य नै गरौँ ।“ भन्दै सुरु गरिएको अभियानबाट साउदर्न क्यालिफोर्नियामा एक मिलियन डलर भन्दा बढीको घर जग्गा किनेर सोही स्थानमा नेपालबाट ल्याई सकिएको मन्दिरहरु स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेकोछ ।

मन्दिर राख्नको लागि ठेक्का दिईसकिएको, बैङ्कमा तिर्नु पर्ने किस्ताको रकम समेत बुझाउनुपर्ने र मन्दिर तत्काल सम्पन्न गरी नेपालीहरूका आस्थाको केन्द्र पशुपतिनाथ र बुद्धको मन्दिर अमेरिकामा स्थापना गर्न सबैलाई संस्थाको वेबसाइट, गोफन्ड वा सिधा मन्दिरमा गएर दान गर्न सकिने सचिव रामेश्वर भण्डारीले जानकारी दिए ।unnamed-2

तत्काल पचास हजार डलर उठाउने लक्ष्यसाथ सुरु गरिएको गोफन्डमा सहयोग आउने क्रम सुरु भएको छ । गो फन्ड र वेब पेजबाट सिधा सहयोग गर्म सकिने छ ।

 सहयोगको लागि संस्थाले सुरु गरेको गोफन्ड लिंक:

https://www.gofundme.com/donate-for-pashupatinath

संस्थाको वेबपेज

http://pashupatinathfoundation.org/

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू