अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

दर्जन बाल कृति एक साथ बिमोचित

बिआरटीनेपाल २०७३ मंसिर ११ गते ७:५७ मा प्रकाशित

राजधानीको भृकुटीमण्डपमा जारी ‘सातौं बृहत पुस्तक प्रदर्शनी–२०७३’ प्रदर्शनी स्थलमा शनिबार दिउँसो एकसाथ १२ वटा बाल साहित्य कृतिहरु बिमोचन भएका छन् । सो प्रदर्शनीमा पुस्तक किन्न आएका ६ जना बालिकाबाट ती १२ ओटा बाल साहित्यकृति बिमोचन गराईएको छ । ती सबै पुस्तकलाई डिकुरा पब्लिकेशनले प्रकाशन गरेको हो ।

बिमोचित एक दर्जन बालसाहित्य कुति मध्य चार ओटा कृति साहित्यकार पुण्यप्रसाद प्रसाईका थिए । उनले लेखेको बाल उपन्यास परि र निल, बालकथाहरुको पुस्तक अनिताको अक्षर, छुच्चो गोही र केराको थाम त्यहाँ बमिोचन भएको हो ।

यस्तै अग्रज गीतकार यादब खरेलको बालगीत सँग्रह ठमठम पनि कार्यक्रममा बिमोचन भयो । बाल साहित्य लेख्दै आएकी अनिता पौडेलद्धारा लेखिएका बालकथासँग्रहरु नक्कली बाघ, गधाको गीत र कप्टी न्यायधिस, नर्सरी रिदम, हात्ती मेरो साथी पुस्तक पनि कार्यक्रममा बिमोचन गरियो ।

यस्तै सञ्चारकर्मी डब्बु क्षत्रीको बालकथासँग्रह भ्यागुताको गीत, सागरमणि थापाको बालकथा सँग्रह ढेडु बाँदर र पापी बकुल्ला, पुण्य कार्कीको बालकथा सँग्रह सानीको रहर पनि कार्यक्रममा बिमोचन गरियो ।

बिमोचन समारोहमा बोल्ःदै डिकुरा पब्लिकेशनका अध्यष एवँ बालकथाकार पुण्यप्रसाद प्रसाईले भने,‘आजका बालबालिका भोलीका कर्णधार भएकाले उनीहरुलाई अहिले देखि नै पाठयक्रमका पुस्तकसँगै साहित्यिक पुस्तक पनि पढ्ने बानी बसाउनु पर्छ भनेर यी पुस्तक प्रकाशन गरिएको हो ।’ आफ्ना बालबालिकालाई दिनमा कम्तीमा घन्टा यस्ता पुढ्न लगाउन सके उनीहरु भोली बिद्धान भएर निक्लने पनि अध्यक्ष प्रसाईले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू