अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 21:26

अवैध तरिकाले चुुरे क्षेत्रबाट ढुंगा निकासी

बिआरटीनेपाल २०७३ मंसिर ११ गते ७:४७ मा प्रकाशित

अबैध तरिकाले चुरे क्षेत्रबाट ढुंगा प्रयोग गरेको गुनासो बाहिर आएपछि जिल्ला वन कार्यालय बाँकेको टोली जाँचका लागि सो क्षेत्रमा जाने भएको छ । बाँके फत्तेपुका जनताले तटबन्ध कार्यालयले निर्माण थालेको बाँधमा चुरे क्षेत्रबाट ढुंगा प्रयोग गरेको गुनासो गरेपछि जिल्ला वन कार्यालय बाँकेको टोली आज जाँचका लागि सो क्षेत्रमा जान लागेको हो ।

फत्तेपुरमा निर्माण भइरहेको ३ किलोमिटर बाँधमा अवैध तरिकाले चुुरे क्षेत्रबाट ढुंगा निकासी गरि प्रयोग गरिएको भन्ने बारे बुझ्न टोली खटाइएको हो,संग कुरा गर्दै जिल्ला वन कार्यालय बाँकेका सहायक बनअधिकृत गणेश खड्काले भने, त्यसो भएको पाइएमा पक्राउ गरेर कारवाही गरिन्छ ।

ठेकेदार मार्फत काम भइरहेको बाँधमा ढुंगाको सम्झौता झिझरी खोलाबाट निकासी गर्ने भनेर भएकोमा ठेकेदारले लागत खर्च बचाउनका लागि चुरे क्षेत्रबाट ढुंगा निकासी थालेको तथ्य बाहिर आएको हो ।

राप्ती तटीय क्षेत्रमा रहेको चुरे क्षेत्रबाट ढुंगा निकासी भए, कटानको जोखिम बढ्ने र प्रतिबन्धित क्षेत्र भनिएको स्थानमा ढुंगा निकाल्नै नमिल्ने अधिकृत खड्काको भनाइ छ ।

आज राप्तीपारि पुगेको जिल्ला वन कार्यालय बाँकेको टोली फत्तेपुरमा निर्माण भइरहेको बाँधका लागि ढुंगा निकासी गरेको भन्दै घटनास्थलबाटै पाँच जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू