अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

अमेरिकामा भएको ‘३३औं मोवाईल अन्तराष्ट्रिय महोत्सव’मा डा. प्रणय राणाको प्रस्तुती

बिआरटीनेपाल २०७३ मंसिर ९ गते १०:३९ मा प्रकाशित

‘३३ औं मोवाईल अन्तराष्ट्रिय महोत्सव-२०१६’ सम्पन्न भएको छ । नोबेम्बर १७-१९ तारिख सम्म चलेको ३ दिने महोत्सव ७० राष्ट्रहरुको सहभागीतामा बिबिध कार्यक्रमका बिच अमेरिकाको अलावमा राज्यमा सफलता पूर्वक सम्पन्न भएको हो ।15218220_10157799879910022_1620492551_n

महोत्सवमा सहभागी राष्ट्रहरुका तर्फबाट संस्कृती झल्काउने खाना, संगीत,नृत्य हस्तकला प्रर्दशनी लगायतका कार्यक्रम गरिएको थियो । करिब १५\१६ हजार दर्शकहरुको सहभागीता रहेको महोत्सवमा नेपालका तर्फवाट प्रतिनिधीत्व गर्न डा. प्रणय राणालाई आमन्त्रण गरिएको थियो । डा.राणाले ‘मोवाईल अन्तराष्ट्रिय महोत्सव’मा नेपालको प्रतिनिधीत्व गरेको यो दोस्रो बर्ष हो ।15218450_10157799879260022_1232075238_n

डा. प्रणय राणा नेपाली सांगीतीक क्षेत्रमा करिव १ दशक भन्दा बढि समय देखी सक्रीय छन् । यो बिचमा उनका २ वटा सांगीतीक एल्वम Flying Feathers (2005) र Traffic Jam (2009) बजारमा आईसकेका छन् । हाल Georgia राज्यको Kennesaw State University मा सह प्राध्यापक रहेका डा. राणाले महोत्सवमा ‘जहाँ छन् बुद्धका आँखा’, ‘तालको पानी’ लगायतका नेपाली संस्कृती झल्काउने गीतहरु प्रस्तुत गरेका थिए ।15211776_10157799881720022_1235161150_n

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू