अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

विदेशीको पैसामा राष्ट्रबादको प्रदर्शन गर्दै छ एमाले – कानुन मन्त्री नायक

बिआरटीनेपाल २०७३ मंसिर ८ गते ७:०१ मा प्रकाशित

कानुन मन्त्री अजय शंकर नायकले एमालेले बिदेशीको पैसामा चलखेल गरि वर्तमान समयमा राष्ट्रवादी मुहार प्रर्दशन गर्नु जायज नभएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै नायकले एमालेले पुरै एनजीओ आइ एन जीओबाट चल्ने र बिदेशीको पैसोबाट सञ्चालन भएर राष्ट्रवादीको मुहार प्रदर्शनले देश नबन्ने बताएका हुन् ।

उनले यसरी वर्तमान जटिलताको निकास ननिक्लने र प्रतिपक्षका नेतृत्वले राष्ट्रको हित गर्न नसक्ने दाबी गरे ।

स्थानिय निकायको निर्वाचनका बिषयमा बाहिर आए जस्तो निर्वाचननै हुँदैन् भन्ने भनाई हल्ला मात्र भएको भन्दै नायकले राजनीतिक दलहरुको ईच्छा शक्ति भएका खण्डमा दश दिन भित्रै निवार्चनका सवालका बिषय हल गर्न सकिने बताए ।

यो ठूलो बिषय नभएको र मंसिरभित्र सबै बिधेयक पारित गरेर निर्वाचन गर्न सकिने तर्क उनको दावी छ ।

अंगिकृत नागरिकलाई जसरी राष्ट्रका प्रमुख पदमा लैजाने बिषय बाहिर आएको छ त्यो संबिधान अध्ययनको कमी रहेको र यसका बिषयमा मधेशवादीलहरु सँग छलफल नै नगरि अंगिकृतको बिषय एमालेले प्रचारप्रसार गलत भएको भन्दै उनले अंगिकृत नागरिकका बिषयमा समेत मधेशी जनता र राजनीतिक दलहरुसमेत असमहमत रहेको तर केही दलाल नेताहरु लागेको भए छलफल गरि निष्कृय पार्नु पर्नेमा जोड दिए ।

उनले भने, ‘सिमांकनका बिषयमा जसरी असन्तुष्ट देखिएका छन् यो नै अन्तिम सिमांकनको आधार नभएको र बिज्ञहरुले दिएको सुझावलाई राजनीतिक दलहरुले आत्मसाथ गर्न नसक्दा वर्तमन अवस्था श्रृजना भएको र फेरी पनि देशको आवश्यकता अनुसार संघिय संरचनामा परिवर्तन गर्न सकिने छ ।’

बिज्ञ र आयोगबाट प्रस्तुत् दश वटा प्रदेशको खाकालाई नमान्नु र दोस्रो संबिधानसभा चुनावबाट बनेको राज्य पुनःसंरचनाको समितिको बहुमतले पारित गरेको चौध प्रदेश नबानी राजनीतिक दलहरुको सहमतीमा सात प्रदेश बनेकाले बिज्ञहरु आयोगको सुझावमा परिवर्तन गर्न सकिने उनले बताए ।

प्रचण्डको राष्ट्रवादी सोचलाई बुझ्न नसक्नेहरुले बिभिन्न आरोप लगाउने गरेको भन्दै देशको समस्याको पहिचान गरि राजनीतिक दलहरुले समाधान गर्न लागि परे कसैले चलखेल गर्न नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू