अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

उत्तर क्यालिफोर्नियामा अर्को नेपाली लायन्स क्लबको चार्टर हुने

बिआरटीनेपाल २०७३ मंसिर ७ गते ९:३३ मा प्रकाशित
नेपालीहरुको बाक्लो बसोबास भएको उत्तर क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपालीहरुको क्लब लायन्स क्लब अफ सान फ्रान्सिस्को बुद्दको चार्टर हुन गैरहेको कुरा हाम्रा सम्वाददाताले बताएका छन।  २००६ अप्रिलमा लायन्स क्लब अफ बर्क्लीअन्नपूर्णको चार्टर (स्थापना) भए पस्चात अन्य लायन्स क्लबहरुको चार्टर भईसकेको छ। यि सबैको स्पोन्सर  होस्ट क्लब लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णले गरेको हो। यिनै  परीप्रेक्षमा सान फ्रान्सिस्कोमा प्रथम उत्तर क्यालिफोर्नियामा नेपालीहरुको पाचौं लायन्स क्लबको चार्टर हुने  समाचार
unnamed-1
गत जुलाई ३१, २०१६ मा एक भव्य समारोहको बिच लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको ११ औँ पदस्थापना समारोहको अवसरमा डिस्ट्रिक्ट 4C3 ले डिस्ट्रिक्ट 4C4 लाई उपहार स्वरुप लायन्स क्लब अफ सान फ्रान्सिस्को बुद्द स्थापना गर्ने घोषणा भएको थियो। सो नयाँक्लबको प्रेरक यस क्षेत्रको मात्री क्लब लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण हो भने सान प्रान्सिस्को होस्ट यस क्लबको स्पन्सर हुने छ।
लायन्स कल्बस असोसियसनका अन्तरराष्ट्रिय अध्यक्ष चान्सलर बब कोर्ल्ल्युलेनवगठित  लायन्स क्लब अफ सान लियान्ड्रो मनकामनाको गत  जुलाई ३१, २०१६ कासाँझ एक भव्य समारोहको बिच उद्घाटन गर्नु  भएको थियो।  त्यसै गरी वटा नेपाली एउटा इन्डियन लायन्स क्लबहरुको संयुक्त पदस्थापना गर्नु भएको थियो। सो शुभअवसरमा इन्ट्रर न्यास्नल डाइरेक्टर हावर्ड हड्सन तथा नेपालका प्रथम इन्टरन्यास्नल डाइरेक्टर सञ्जय खेतान पनि बिशिष्ट अतिथिको रुपमा  सरीक हुनुभएको थियो भनेLions International डिस्ट्रिक्ट 4C3 तथा अन्य डिस्ट्रिक्टहरुबाट बाक्लो सँख्यामा क्याबिनेट अफिसरहरु तथा पूर्व गभर्नरहरुको सहभागीता रहेको थियो। सो समारोहमा नव  घोषित क्लबको चार्टर प्रेसिडेन्ट एम जे प्रकाश लामा लगायत प्रस्तावित चार्टर मेम्बरहरुको इन्टरन्यास्नल प्रेसिडेन्ट चान्सलर बब कोर्ल्यु, इन्टरन्यास्नल डाइरेक्टर हावार्ड हड्सन तथा नेपालका प्रथम इन्टरन्यास्नल डाइरेक्टर सञ्जय खेतानले स्वागत गर्दै  शुभकामना दिनु भएको थियो ।unnamed-2
नव गठित लायन्स क्लब अफ  सान फ्रान्सिस्को चार्टर पनि उत्तिकै भव्यता साथसाउथ सान फ्रान्सिस्को स्थित एल्क लजमा हुन लागेको कुरा विश्वस्त सुत्रबाट थाहा भएको छ। चार्टर प्रेसिडेन्ट   एम जे प्रकाश लामाको नेत्रित्वमा चार्टर हुन लागेको सोक्लबमा  ३० जना भन्दा बढी चार्टर मेम्बर सदस्यहरु रहेका छन ।   सो क्लबमा सुरेन्द्रमल्ल तथा सुमेश रिजाल प्रथम तथा द्वितिय चार्टर  उपाधक्ष चयन हुनु भएको भनेचार्टर सेक्रेटेरिमा राम बाबु आचार्य, चार्टर ट्रेजरर मा मिलन राज घिमिरे तथा चार्टर मेम्बरशिप चिअर पर्सनमा रोशन घिमिरे चयन हुनु भएको छ। त्यसै गरी सो क्लबको गाइडिङ लायन्सको रुपमा पूर्व जोन चिअर लायन तिलक सुनार तथा लायन इमानुएल पाजे नियुक्त हुनु भएको छ।
unnamed-3
बिशेष सास्कृतिक कार्यक्रम सहित सम्पन्न हुन लागेको सो चार्टर नाइटसमारोहमा  पास्ट इन्टरन्यास्नल डाइरेक्टर डा बिल आनाकोन प्रमुख अतिथी तथाइन्स्टलेसन अफिसरको रुपमा सहभागी हुने कुरा आयोजकहरुले बताउनु भएको छ। सोसमारोहमा डिस्ट्रिक्ट 4C3 का गभर्नर यान भल्टर तथा प्रथम भाईस डिस्ट्रिक्ट गभरनर राजेन थापा, डिस्ट्रिक्ट 4C4 का गभर्नर रड मर्काडो तथा प्रथम भाईस डिस्ट्रिक्ट गभर्नरमारियो बेनाभेन्टे बिशिस्ट अतिथिको रुपमा उपस्थिती हुने कुरा जनाइएको  छ। सोचार्टर नाइटमा यस क्षेत्रका कम्युनिटी लिडरहरु, थुप्रै लायन्स क्लबका अफिसरहरुलगायत लायन्स क्लबका बिशिष्ट पाहुनाहरुको उल्लेख्य उपस्थिती हुने अपेक्षा गरिएकोछ।
 
 
समारोहको अन्य विवरण निम्न प्रकारको रहेको :
Date: Sunday, December 4, 2016
Time: 6:00 PM
Venue: Elk Lodge, 920 Stonegate Drive, South San Francisco, CA 94080
COST: $50.00 per person (choice of NY Steak, Chicken Masala, Salmon and Vegetarian)
RSVP: Before November 25, 2016
Write check payable to San Francisco Buddha Lions Club
Mail it to: Milan Raj Ghimire, 595 John Muir Drive, #624, San Francisco CA 94132
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू