अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

थिएटर मलमा ‘बहुलाकाजीको सपना’

बिआरटीनेपाल २०७३ मंसिर ६ गते २१:१६ मा प्रकाशित

नाटककार विजय मल्लले दशकौं अघि लेखेको नाटक ‘बहुलाकाजीको सपना’ अहिले काठमाडौंमा मञ्चन भइरहेको छ । काठमाडौं मल, सुनधारास्थित नाटकघर थिएटर मलमा मंसिर १ गतेदेखि नाटक मञ्चन भइरहेको हो ।

कक्षा ११\१२ को पाठ्यक्रममा समावेश नाटक ‘बहुलाकाजीको सपना’ ११\१२ मा अध्ययनरत विद्यार्थीहरुका लागि विशेष मञ्चन भइरहेको हो । हरेक सदन ज्याला मजदुरी गरे जिविकोपार्जन गर्ने निम्न वर्गीय परिवारले आफ्ना सन्तानमार्फत देखेका सपना नाटकमा प्रस्तुत गरिएको छ । समाजका कुरिती तथा वेथितीलाई नाश गरेर थिती बसाल्ने सपना बोकेका बहुलाकाजीले भक्ते र माने जस्ता भरियाहरुदाई प्रेरित गर्दै उनीमा भरिदिएको आशाको कथा नाटकमा छ ।unnamed-5

बालक वीरेको आ“खामा रहेको चमकबाट प्रभावित हु“दै उनी मार्फत बहुलाकाजीले समाज परिवर्तन सपना बुन्छ तर आर्थिक दलदलमा फसेका परिवारका वीरेको अभावका कारण उपचार नपाई मृत्यु हुनु यस नाटकको दुखान्त पाटो हो ।unnamed

थिएटर मलको तीन महिनो अनिभय तथा नाट्य प्रशिक्षण कार्यशाला थिएटर ग्यारेजले तयार पारेको यस नाटकलाई शंकर भण्डारीले निर्देशन गरेका हुन् । पाठ्यक्रममा समावेश नाटक भएको हुनाले नाटकका संवादहरु तथा दृश्यलाई नभत्काई अभिनयात्मक प्रस्तुति दिइएको छ । नाटक अझै केही दिनसम्म कलेज बुकिङ शोहरु हुने थिएटर मलले जनाएको छ ।unnamed-2

नाटककमा राजेन्द्र भट्ट, अर्जुन पौडेल, गणेश पौडेल, मदन पराजुली, राजिव धमला, शिव परियार, अर्मान श्रेष्ठ, समीर राई, जस्वन थापा मगर, उमेश कार्की, शालिक भट्ट, रविन खड्काले अभिनय गरेका छन् ।unnamed-1

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू