अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

विश्व शौचालय दिवसका अवसरमा हिरमिनियामा सचेतनामुलक कार्यक्रम

बिआरटीनेपाल २०७३ मंसिर ४ गते ९:५२ मा प्रकाशित

विश्व शौचालय दिवसका अवसरमा आज बाँकेको हिरमिनियामा सचेतनामुलक कार्यक्रम गरिएको छ । दिवसका अवसरमा हिरमिनिया २ स्थित सरस्वती माध्यमिक विद्यालय आसपास तथा पशुपति चौकमा सरसफाई गरिएको हो ।

भेरी जोन ईङ्गलिश मिडियम स्कुल, सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जर, ईलाका प्रहरी कार्यालय हिरमिनिया र स्थानीयहरुले संयुक्तरुपमा सरसफाई गरेको सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो ।

आफ्नो गाउँ आपैm सफा बनाऔं भन्ने उद्देश्यले हरेक साता विभिन्न वडामा सरसफाई कार्यक्रम गरिने ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक देवबहादुर खड्काले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू