अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

जापानलाई १–० ले हराउँदै नेपाल बिजयी

बिआरटीनेपाल २०७३ मंसिर ४ गते ३:२४ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिम  र जापानको फ्रेण्डस् अफ जापान टिम बिच शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल १–० बिजयी भएको छ  ।  नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा भएको खेलमा खेलको ५७ औं मिनेटमा नेपालका लागि  नवयुग श्रेष्ठले  गरेको गोल नै नेपाललाई बिजयी बनाउने गोल बन्यो ।

जापानी टोलीमा जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडी रहेका थिए । । ती मध्ये टोडा काजुयुकीले त सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा अङ्ग्रेजी क्लब टोटेनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेलेका थिए ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू